महानगरको कर्मचारीको जिम्मेवारी हेरफेरमा समस्या

सराङकोट न्यूज
4 November, 2023 5:57 pm
Advertisements
पोखरा
पोखरा महानगरपालिकामा कर्मचारीको जिम्मेवारी हेरफेरमा सहजता आउन सकेको छैन । कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने कार्य प्रभावकारी हुन नसक्दा नागरिकले पाउने सेवा प्रवाहमा चुनौती आउने गरेको छ । वर्षौं देखि एउटै शाखा वा वडामा रहेका कर्मचारीहरुलाई शाखा वा वडा हेरफेर गर्न महानगर असफल जस्तै देखिएका छ ।
सुगम वडा र आकर्षक शाखाका कर्मचारीहरु अन्यत्र सर्न नचाहँदा दुर्गम जस्तै रहेका वडाहरु न्युन कर्मचारीको भरमा चलाउनु पर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ । स्वास्थ्य महाशाखाबाट स्वास्थ्य चौकीमा पदस्थापन भई खटाइएका कर्मचारीहरु समेत खटाइएको ठाउँमा नजानुले सेवा प्रवाहमा प्रश्न चिन्ह उब्जिएको छ । वडामा खटाइएका कर्मचारी र प्राविधिकहरु समेत जान आनाकानी गरिरहेकाछन् भने कतिपय वडामा गएका सचिव र प्राविधिकहरुलाई वडा अध्यक्षले हाजिर गराएका छैनन्।
कतिपय वडा अध्यक्षहरुले कर्मचारी र प्राविधिक छानी छानी लिनुको आवश्यकता किन प¥यो त्यो एउटा छानविनको विषय बनेको छ । वडा अध्यक्षले निति नियम अनुसार काम लगाउने भएकोले महानगरले खटाएका कर्मचारीलाई सेवा प्रवाहमा खटाउन लगाएर नागरिकलाई सन्तुष्ट तुल्याउन सक्नु पर्दछ। तर कतिपय कर्मचारीहरु महानगरले गर्ने सरुवा प्रति असन्तुष्टि व्यक्त गर्दछन् । उनीहरु खटाएका ठाउँमा नजान दृश्य अदृश्य शक्तिको प्रयोग गर्ने गरेको समेत फेला परेको छ । कर्मचारी सधैं संगठनका नेताहरु राजनितिक आस्थाको आधारमा चल्ने भएकोले आफ्ना आस्थाका कर्मचारीहरुलाई व्यवस्थापन उचित ठाउँँको जिम्मेवारी दिन महानगरका उच्च अधिकारीहरुलाई दवावमा पार्ने गरेको विभिन्न स्रोतले गरेको दावी र भइरहेको कायशैलीबाट पुष्टि पुष्टि हुन आएको छ ।

नेतृत्वको कमजोरी

पोखरा महानगरको नेतृत्व निस्वार्थ, परिपक्व र चट्टानी हुनपर्छ । कर्मचारीलाई एउटै आखाले हेर्ने र विवेक पु¥याउने हुनपर्छ । कार्यालयको जिम्मेवारी हेरफेर गर्न विधि बनाएर नगर सभाबाट पास गराई लागु गर्नुपर्दछ । शक्ति र भक्ति गान गाउनेलाई दलको पुच्छर समाइ शक्तिको पुजा गर्ने र कोहि नभएका इमान्दार कर्मचारीलाई हेर्ने दुुष्टिकोण एउटै हुनपर्छ । महानगर प्रमुखले त्यसको जिम्मेवारी बहन गर्दै निष्पक्ष रुपमा अरन खट्न गर्नु पर्छ । त्यसका लागि प्रशासन प्रमुखलाई पुरापुर जिम्मेवारी दिएर लागू गराउन सहयोग गर्न सके मात्र महानगरले सेवा प्रवाहलाई नतिजा मुखी बनाउन सक्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: