प्रहरी नै कानून मान्दैनन्, मिडियालाई श्रद्धाञ्जली दिने प्रहरी कारवाहीमा परे

सराङकोट न्यूज
5 November, 2023 5:55 pm
Advertisements
पोखरा
कानुन कार्यान्वयन गर्ने निकायमा कार्यरत प्रहरीले नै बाटो विराएपछि कसरी कानुनी राजको अपेक्षा गर्ने र को बाट  सुरक्षित महसुस गर्ने ? समाजलाई शान्ती सुरक्षा दिने, सामाजिक सञ्जालमा जथाभावी लेखेर अरुलाई गाली गर्ने मान मर्दन गर्ने, अपमान गर्नेहरु विरुद्ध निगरानी गर्ने र कानुनी दायरामा ल्याउने पात्र हो प्रहरी तर कतिपय प्रहरी कर्मचारीहरु आफ्नो दायित्व र कर्तव्य नै भुलेर कानुन विपरित कार्य गर्ने गरेको पाइएको छ ।
यस्तै पाइएको छ पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १३ घर भई हाल बागलुङ जिल्ला ईप्रका वुर्तिवाङमा कार्यरत सहायक हवल्दार प्रकाश बहादुर क्षेत्रीको कार्यसैली । आफ्नो गाउँको भगवती प्रा.वि. कुश्मा १३ वकादीको रकम ढुकुटी झै खेलाएर व्याज लगाएको, स्कुलमा २ जना विद्यार्थी पढाउन ३ जना शिक्षक र १ जना कर्मचारी कार्यरत रहेको सम्बन्धित खबर सराङकोट अनलाइनमा प्रकाशन भएकोमा प्रहरी सहायक हवल्दार प्रकाश क्षेत्रीले सराङकोट न्यूज अनलाइनलाई हार्दिक श्रद्धाञ्जली भन्दै सामाजिक सञ्जाल फेसवुकमा पोस्ट गरेका थिए उनले मिडियालाई अपमान गर्दै तुच्छ शब्द प्रयोग गरेका थिए ।
राज्यको सार्वजनिक पदमा बसेका जिम्मेवार प्रहरी कर्मचारीले सामाजिक सञ्जाललाई दुरुपयोग गरेको प्रति प्रदेश प्रहरी कार्यालय पोखरामा उजुरी दिइएकोमा मजकुर कार्यालय जि.प्र.का. वागलुङले जिल्ला तानेर स्पष्टिकरण सोधी कारवाही अगाडि बढाएको थियो । लिखित स्पष्टिकरणमा निज प्रकाश क्षेत्रीले गल्ती स्वीकार गरी क्षमा याचना गरेका थिए । क्षमा याचना मागी अब गल्ती नगर्ने कबुलियतनामा गराई कारवाही स्वरुप नसियत दिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेन्द्र कुमार खड्काले जानकारी गराएका छन् । रेकर्डमा जनिने गरी नैसियत पाएका प्रहरी कर्मचारीको बढुवामा प्रभाव पर्ने, कानुनी व्यवस्था रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: