
पारिजात खराल / पोखरा
पोखरा १६ बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी मा बि बाटुलेचौरका भु पु बिध्यार्थी मन्चले आफ्नो मातृ बिध्यालय बिन्ध्यबासिनि मा बिलाइ एक समारोहका बीच सम्मान पत्र प्रदान गरेको छ । सुक्ला साहित्य प्रतिस्ठान र बिन्ध्यबासिनी मा बिको सयुक्त आयोजनामा भएको कार्यक्रममा लक्ष्मी पूजाको दिन( कार्तिक २६ गते ) बिध्यालयका प्रधानाध्यापक कृश्न प्रसाद आचार्यलाई गण्डकी प्रज्ञा प्रतिस्ठानका कुलपति सुर्य बहादुर खड्का र सुक्ला साहित्य प्रतिस्ठानका अध्यक्ष समेत रहेका भूपू बिध्यार्थी मन्चका अध्यक्ष हरि बहादुर बरुवालले सम्मान पत्र हस्तान्तरण गरेका थिय । बिध्यालयले एस इ इमा देश भरबाट सर्बोत्कृस्ट स्थान हासिल गरेको र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सधन्यबाद सम्मान अर्पण गरिएको बताइएको छ ।

सोही कार्यक्रममा सुक्ला साहित्यले भाद्रमा आयोजना गरेको कृष्ण जन्मास्टमी भजन प्रतियोगीताको आय ब्यय विवरण सार्बजनिक गरिएको थियो । कार्यक्रममा १२ लाख ३६ हजार ४४० रुपैया सकलन भएकोमा ६ लाख ८१ हजार २६७ रुपैयाँ खर्च भइ ५ लाख ५५ हजार १७३ रुपैयाँ बचत भएको प्रतिस्ठानका कोषाध्यक्षले बताए । उक्त कार्यक्रममा सहयोग दाता र आजिबन सदस्यहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम सुक्ला साहित्य प्रतिस्ठानका सचिब दिपेन्द्र बानियाँ र भु पु बिध्यार्थी मन्चका सचिब भिम गायकले सन्चालन गरेका थिए ।
Advertisements
