लुम्लेका जुमकाजी बिक उपर ज्यान मार्ने मुद्दा दर्ता , घाइते श्रीराम देबकोटाको मेट्रोसिटिमा उपचार हुदै

सराङकोट न्यूज
17 November, 2023 10:36 pm
Advertisements

पोखरा, १ मंसिर । अन्नपूर्ण गापा लुम्लेका श्रीराम देवकोटालाई घरकैं आँगनमा आई धारिलो हतियार हँसिया प्रहार गरी घाईते बनाएको  आरोपमा देबकोटाका छिमेकी जुमकाजी विक पक्राउ परेका छन् ।
कार्तिक २७ गते विहानको समयमा कास्की अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ लुम्लेस्थित आफ्नैं घरमा बसेका देवकोटालाई ५७ वर्षीय विकले हँसिया प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको सूचनामा उल्लेख छ ।
पक्राउ परेका बिकलाइ अदालत खुलेकै दिन मङ्सिर १ गते कास्की जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान भैरहेको कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताएकाछ्न ।

उनलाइ ज्यान मार्ने उध्योग मुद्दामा म्याद थप गरिएको छ । घाइते देबकोटाको दुबै गोडाको घुडामुनी पिडौलामा काटिएकोछ । उनलाइ घाटिमा प्रहार गर्न खोज्दा एक महिलाले पछाडि पट्टी बाट हसिया खोसेका कारण घाइते देवकोटा बाल बाल बचेको प्रत्यक्ष दर्सिहरुले बताएका छ्न ।घाइतेको उपचार मेट्रोसिटी हस्पिटलमा भैरहेकोछ । कास्की प्रहरी प्रमुख एसपी थापा उपचाररत हस्पिटलमा गै घाइतेको अबस्था बारे जानकारी लिइ दोषी उपर कडा कारबाही हुने बताएकाछ्न

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: