औषधी व्यवसायी संघ कास्कीको चुनावी सरगर्मी, बस्नेत र गौतमको प्यानलबीच प्रतिस्पर्धा

सराङकोट न्यूज
21 November, 2023 9:45 am
Advertisements

पोखरा

औषधी व्यवसायीहरुको संस्था औषधी व्यवसायी संघ कास्कीको दोस्रो अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । यहि मंसिर ८ र ९ गते पोखरामा हुने संघको दोस्रो अधिवेशनका लागि आकांक्षीहरुको बाक्लो उपस्थितिका बाबजुत २ प्यानल खडा गरी निर्वाचनमा होमिएका छन् । वहालवाला उपाध्यक्ष धिरज गौतमले एउटा प्यानलको नेतृत्वमा होमिएका छन् भने वहालवाला महासचिव पूर्णकाजी बस्नेतको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएका छन्।
५२० जना भन्दा बढी व्यवसायी सदस्य रहेको कास्की नेपालकै धेरै सदस्य रहेको जिल्लाको रुपमा स्थापित कास्कीको अधिवेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सदस्यहरुको संस्था बढी भएकोले कसले वाजि मार्ला यसै भन्न नसकिने जानकारहरु बताउँछन् । मानव स्वास्थ्य सँग जोडिएको औषधी व्यवसाय प्राविधिक कुरा भएकोले यो पेशामा लाग्ने व्यवसायीहरु पढेलेखेकै हुने भएकोले कसलाई नेतृत्वमा पठाउने भन्ने बारेमा भित्रि रुपमा तय भइसकेको पनि बताइन्छ । उम्मेद्वारमा प्यानल भए पनि मिस्रित परिणाम आउने लगभग निश्चित छ ।

कसको जित्ने दाबी के ?

पूर्णकाजी बस्नेत
अध्यक्षका उम्मेद्वार

संस्थापक समितिका महासचिव बनेर कार्यकाललाई सफल बनाएका पूर्णकाजी बस्नेतले अध्यक्षको उम्मेद्वारी दिएका छन् । उनले आफ्नो महासचिवको कार्यकाललाई संगठनको काम गर्न सिक्ने अवसर पाएको र अव नेतृत्व लिएर व्यवसायीको हितमा काम गर्ने बताए ।
अध्यक्षमा निर्वाचित हुनेमा आफू विस्वस्त रहेको दावी प्रस्तुत गरे । व्यवसायिक मर्यादाले उच्च प्राथमिकता प्रदान गर्दै बजारमा जारी अस्वस्थ्य प्रतिस्पर्धालाई हटाएर गुणस्तरीय औषधी वेचविखनमा केन्द्रीत गर्ने, व्यवसायीहरुलाई पुन ताजकी तालिम दिइने, ल्ऋम्ब् को आफ्नै एप बनाएर सूचना संजाललाई छिटो छरितो बनाइने, गैह्र व्यवसायी, झोले व्यवसायीलाई कानुनी दायरामा ल्याउने, औषधी उत्पादक नै ठेकेदार र सप्लायर्स बन्ने परिपाटी अन्त्य गर्ने, कर शिक्षा प्रदान गरेर व्यवसायीलाई सहजीकरण गर्ने र सरकारी तहबाट हुँदै आएको हतोत्साही पूर्ण व्यवहारलाई सत्य तथ्य बुझेर व्यवसायीलाई संरक्षण र कानुनी परिपालनमा लगाउने अध्यक्षका प्रत्यासी पूर्ण काजी बस्नेतले बताए।
संस्थापक कार्यकालमा उनले महासचिवमा सकृय भूमिका निर्वाह गरेकोले अवको नेतृत्व लाई हाक्न सहज भएको दावी गरेका छन् ।

धिरज गौतम
अध्यक्षका प्रत्यासी

धिराज गौतम पोखराका पुराना व्यवसायी हुन् । संस्थापन समितिमा उपाध्यक्ष पदमा रहि भूमिका निर्वाह गरेका धिरज गौतम गौरी शंकर मेडिको सप्लायर्स र नदिपुर पद्य नर्सिङ होममा सत्सङ फार्मेसीका संचालक हुन । उनले दोस्रो अधिवेशनमा अध्यक्षको उम्मेद्वारी दिएका छन् । प्यानल सहित उम्मेद्वारी दिएका गौतमले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । फार्मेसी व्यवसायमा लामो अनुभव संगालेको कारण औषधी व्यवसायीको समस्या र चुनौतीको सामना गर्न आफू सक्षम रहेको अध्यक्षका प्रत्यासी गौतमले बताए ।
आफू र आफ्नो प्यानलले चुनाव जित्ने फेहरिस्त सुनाउँदै प्रत्यासी गौतमले भने आम व्यवसायीको पेशागत मर्यादा स्थापित गराउने, औषधी विक्रिमा दिइदै आएको छुट र अस्वस्थ्य प्रतिस्पर्धाका कारण व्यवसायी मर्कामा परेकोले त्यस प्रकारका व्यवसायी मारा नीतिमा परिवर्तन ल्याउन आफूले ठोस पहल गर्ने बताए । व्यवसायी एकतालाई मुख्य प्राथमिकता दिने, विभिन्न अव्यवहारिक कानुन संसोधन गर्न सरकारसँग लविङ गर्ने, फुड सप्लिमेन्ट र कमिशनको खेतिमा केन्द्रीत झोले व्यापारी र फुट सप्लिमेन्टको अवैध व्यापार रोक्नलाई ठोस पहल गर्ने र औषधी व्यवसायलाई नमुना व्यवसाय बनाउने योजना सहित धिरज गौतमले आफ्नो विजय दावी गरेका छन् ।
अध्यक्षका यि दुई प्रतिस्पर्धीले बोलेको कति पु¥याउँछन् ? त्यो भने विगतमा उनिहरुले गरेको कार्यसैलीबाट मतदाता व्यवसायी सदस्यहरुले बुझ्ने कुरा हो । यसै हप्ता त्यसको छिनोफानो हुनै छैन।
यता महत्वपूर्ण अर्को कार्यकारी पद महासचिव हो । उक्त पदका लागि धिरज गौतम समूहमा अमृत थापाले उम्मेद्वारी दिएका छन् ।
रिदम फार्मेसी हस्पिटलचोकका संचालक थापासँग निराजन रेग्मीले महासचिव पदमा प्रतिस्पर्धा गर्नेछन्। रेग्मी सिभिल फार्मेसी न्यूरोडको फार्मेसी संचालक हुन् ।
यि प्यानलका उम्मेद्वार रेग्मी र थापालाई काउण्टर दिन हिरामणी न्यौपाने (मणि) ले महासचिव पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

हिरामणी न्यौपाने (मणि)

उनले गुट रहित व्यवसायिक एकता, अस्वस्थ प्रतिस्पर्धा, अवैध फुड सप्लिमेन्ट कारोबार बन्द गर्ने, व्यवसायिक हक हितका लागि, योजना निर्माण गर्ने र सेन्ट्रल एप मार्फत् व्यवसायीलाई जोड्ने मुद्धा अघि सारेर स्वतन्त्र महासचिवमा उम्मेद्वारी दिएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: