सराङकोटमा नेपाल टेलिकमको एनटि फाइवर सेवा सुरु

सराङकोट न्यूज
21 November, 2023 1:21 am
Advertisements

पोखरा

नेपाल टेलिकम प्रदेश कार्यालय पोखराले पोखरा–१८ नम्वर वडा सराङकोटमा एन.टि. फाइवर सेवा वितरण कार्य सुरु गरेको छ । पोखराको सुगम वडाहरुमा अप्टिकल फाइवर लाइन विस्तार गरेसँगै ग्रामिण वडाहरुमा एन.टि. फाइवर सेवा सुरु गरेको हो ।
५१२ लाइन क्षमताको उपकरण जडान गरी एउटै तारबाट टि.भी. इन्टरनेट र टेलिफोन सेवा लिन सकिने भएको छ । न्यूनतम वार्षिक ८ हजार रुपैयाँ तिरेर यो सेवा लिन सकिने नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालय पोखराका सहायक प्राविधिक अधिकृत रुद्र तिमल्सिनाले बताएका छन् । पहिलो चरणमा यो सेवा पोखरा १८ को सिलि·े, सराङकोट, तोरीपानी, वडा कार्यालय आसपासमा सेवा सुचारु गरिएको तिमल्सिनाले बताए । एन.टि. फाइवरको सेवा पाएपछि इन्टरनेट सेवा प्रयोगकर्ता ग्राहकहरु खुसी भएका छन् । अन्य ग्रामिण भेकका जनताले पनि फाइवर नेट सेवाको माग गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: