एन सि डि ए कास्किको महासचिवमा मणिको स्वतन्त्र उम्मेदवारी

सराङकोट न्यूज
24 November, 2023 1:26 pm
Advertisements

 

नेपाल औषधी व्यवसायी संघ(एनसिडिए) कास्कीको महासचिवमा हीरामणि(मणि) न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । कास्कीका औषधी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा जाने घोषणा भैरहदा मणिले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनााएका हुन् ।

पोखरा १३, मियाँपाटनमा रहेको नमस्ते फार्मेसियाका सञ्चालक मणि पोखरा उद्योग वाणिज्य संघको स्वास्थ्य उपसमिति सदस्य, एनसिडिए अतिरित्त क्रियाकलाप उपसमिति सदस्य, डिप्सानोका पूर्व केन्द्रीय महासचिव हुन् । उनी युआरएल हस्पिटलचोकका सञ्चालकसमेत हुन् ।

शुक्रबार र शनिबार पोखरामा हुने अधिवेशनका लागि मत माग्न व्यवसायीहरुसँग पुगिरहेका छन् । एनसिडिएमा हाल कास्कीमा मात्र ५२३ सदस्य छन् । संस्थाको इतिहासलाई मनन गरी वर्तमानको प्रभावशाली संगठन बनाउन र भविष्यको नमुना संस्थाको रुपमा विकास गर्ने लक्ष्यसहित आफू मैदानमा आएको उनी बताउँछन् ।

औषधी खरिदमा मौलाएको अस्वस्थ छुटको नियन्त्रण गर्ने, औषधी व्यवसायीका संघ, संस्थासँग हातेमालो गरी एनसिडिएको नेतृत्वमा महासंघ बनाउन पहलकदमी लिने उनका एजेन्डा छन् ।

औषधीको खुद्रा, थोेक, सुपर, आयात, उत्पादक व्यवसायीबीच मजबुत सम्बन्ध स्थापित गर्नु आफ्नो अर्काे प्राथमिकता रहेको उनले सुनाए । मणि भन्छन्, फुड सप्लिमेन्टको बिगबिगी, एक्स्पाएरी लगायतका समस्याको समाधान खोज्न र सेन्ट्रल एपमार्फत् सबै व्यवसायीका समस्या, समाधान, नयाँ जानकारी आदानप्रदान गरी बलियो नेटवर्क बनाउन पनि पहलकदमी गरि व्यावसायिक हितमा केन्द्रित रहने मणि बताउछन । गुटगत प्रतिस्पर्धा लाई छोडेर दरिलो मुद्दा सहित मैले उम्मेदवारी दिएको हु सबै व्यावसायिकहरुले उबिबेक प्रयोग गरि उपयुक्त पात्र लाउ जिताइ सस्थालाइ सक्षम र मर्यादित बनाउनेमा आफू ढुक्क रहेको उनले बताएका छन । फर्मासिस्ट र लगानिकत्राको सयुक्त व्यावसायिक प्रबर्द्धन गर्नु पनि समयको माग भएकोले सहकार्य आवश्यक रहेको महासचिवका स्वतन्त्र उम्मेदवार मणि बताउछन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: