अबैध हतियार सहित जुवाडे पक्राउ

सराङकोट न्यूज
24 November, 2023 8:54 pm
Advertisements

पोखरा, बुधबार राति पोखरा २२ स्थीत चिसाखोलामा भेष बहादुर गुरुङको घरमा कौँडा खेल्ने लाई प्रहरीले पक्राउ गरेको हो ।
कौँडा खेलेको सुचनाको आधारमा प्रहरी टोली पुगे पश्चात जुवा खेल्ने मानिसहरु भाग्दै गर्दा ६ जनालाई प्रहरीले नियत्रणमा लिइएको हो । उनिहरुको साथबाट नगद ८२ हजार ८ सय २५ कौडा १६ थान जिन्सी समेत बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ ।

यसका साथै नियत्रणमा रहेका भेष बहादुरको घरबाट लुकाई छिपाई राखेको लाईसेन्स नभएको २२ हर्नेट, ऐको गोली २४ राउण्ड र ऐको म्यागजिन १ थान फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यलयका वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी बताए 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: