साल्ट ट्रेडिङले बिक्री गर्ने आयो नुनमा कम तौल

सराङकोट न्यूज
28 November, 2023 8:18 pm
Advertisements

पोखरा

साल्ट ट्रेडिङ लिमिटेडले बिक्री गर्ने आयो नुनको प्याकेटमा कम तौल रहेको पाइएको छ । नेपालमा नुन आयात र बिक्री बितरण गर्दै आएको साल्ट ट्रेडिङ एक मात्र सरकार साझेदार संस्था हो । सरकारी तहबाट सञ्चालित निकायबाटै तौल कम राखी प्याकिङ गरिएको नुन बिक्री हुन्छ भने उपभोत्ताले निजि लगानिमा व्यबसायी बाट के अपेक्षा गर्ने भन्ने प्रश्न उब्जिएको छ । पोखराको नागढुङगामा रहेको एक किराना पसलमा आयो नुन खरिद गर्दा प्रति प्याकेट २० गा्रम सम्म कम तौल रहेको पाइएपछि उपभोत्ता ठगिएको पाईएको हो । नुनको प्याकेट मा कुनै लिकेज नरहेको पाइएको थियो । उक्त नुनको प्याकेट साल्ट ट्रेनिङको लि .कार्यालय पृथ्बीचोकमा लगि त्यहाँका कार्यालय प्रमुख सागर गौचनको रोहवरमा तौल गराउदा पनि तौल कमि रहेको पुष्टी भएको थियो ।
कार्यालय प्रमुख सागर गौचनले तौल कमि रहेको स्वीकार गरे । भेरहवामा प्याक गरिएको लटमा आएको आयोनुनको पोकामा कम तौल रहेको हुन सक्ने गौचनले बताए । साल्ट ट्रेनिङको आफ्नैो गोदाममा रहेको नुन तौल गर्दा भने तौल पुरा रहेको पाईएको छ । पसलमा फेला परेको एक बोरा नुनका प्याकेटहरु तौल गर्दा अधिकाशमा १० देखि २५ ग्राम सम्म कम तौल फेला परेको थियो । जोखाईमा सिकायतलाई नियाल्ने हो भने करोडौं पोका नुन बिक्रीमा निस्कने जर्ति सयौं किलो हुन आँउछ । यसमा नियत खराब थियो कि तौल मिसिनको कमजोरी भन्ने बिषयमा उपभोत्ता मञ्च कास्कीका उपाध्यक्ष मिलन तिवारको ध्यानाकर्षण गराउँदा नुन जस्तो अत्याबश्यक खाद्य बस्तुमा गरिने तौलको ठगि कार्य गंभिर अपराध हुने बताएका छन् । त्यस बिषयमा बजार अनुगमनका क्रममा चासोपुर्वक निगरानि गरिने तिबारीले बताए । उपभोत्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइराला भन्छन् हेर्दा सामान्य लाग्ने यो नुनको तौल ठगि कार्यलाई राज्यले गंभिरताका साथ हेरी आबश्यक कारबाही गर्न पर्ने बताए । राज्यको अन्तर्गत रहेको संगठित संस्था बाट तौल ठगि कार्य हुन्छ भने त्यो गंभिर बिषय हो गल्ती कमजोरी पत्ता लगाई कानुनी दायरामा ल्याउनु पर्ने अध्यक्ष कोइरालाले बताएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: