जनप्रतिनिधि धमाधम कानुनी फन्दामा गुन्डागर्दी गर्ने लेकसाइडका ४ युवा पकाउ

सराङकोट न्यूज
9 December, 2023 9:51 am
Advertisements
पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारी सहितलाई गुन्डागर्दी  गरि ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो ।
त्यसैका आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए । वडा सदस्य पहारीसहित पक्राउ पर्नेमा वडा नम्बर ६ लेकसाईड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।
उनीहरु विरुद्ध विभिन्न १५ जना व्यक्तिले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चार जनालाई नै कास्की जिल्ला अदालतबाट ठगी तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान पक्रिया अगाडी बढाईएको कास्की प्रहरी प्रवक्ता विकले जानकारी दिए ।
  लेकसाइडमा दन्डहिनताका कारण अराजकता  मौलाएको  बारे सराङकोट साप्ताहिकले केही हप्ता अघि एक रिपोर्ट  प्रकाशन गरेको थियो । यश प्रकरणमा पहिला पनि जनगुनासो  हुँदै आएपनी तत्कालिन प्रहरी  प्रमुखको मौनताले छानबिन र कारबाही हुन सकेको थियन ।कास्की प्रमुखमा मोहन कुमार थापाले कमान्ड  समाले पछि असल पुलिसिङ भइरहेको भन्दै नागरिक तहमा खुसी सन्चार भएको छ । 
  पछिल्लो समयमा पोखराका जनप्रतिनिधि कानुनी फन्दामा फस्दै आएका छन । २१ नम्बरका वडाअध्क्ष्य दिपक सुवेदी सहकारी ठगी आरोपमा फरार छन भने २४ का वडा अध्यक्ष भरत अधिकारी दलित्लाइ गाली गरेको आरोपमा अदालतले डामेको छ ।केही समय अघि ३३ कि वडा सदस्य सवारी मुद्दामा थुनिएकी थिइन  ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: