जनप्रतिनिधिको उधो गति उधै मति, स्थानीय सरकार चरम आलोचनाको शिकार

यदुनाथ बन्जारा
12 December, 2023 4:15 pm
Advertisements

पोखरा

नेपालको राजनीति जति पछि उति अनैतिक बन्दै गएको छ । सेवामा तल्लिन हुनुपर्ने राजनीति मेवाको पछि दौडिएको अनुभूति गराएको छ । राजनीतिको सिंढि चढेर जनप्रतिनिधि हुँदै मन्त्री, प्रधानमन्त्री बन्न पुगेकाहरु पदासिन भएपछि आफू उभिएको जग नै भुलेर कमाउने र रमाउनेतर्फ होमिएको पाइन्छ ।
हाल नेपालमा क्रियासिल स्थानीयदेखि केन्द्रीय तहसम्मका पदिय जिम्मेवारी प्राप्त सार्वजनिक ओहोदाका व्यक्तिहरु टिठ् लाग्दादेखि घिन लाग्दासम्मका कर्तुतहरुमा मुछिएर डुङ्डुङ्ती गनाएका छन् । कमिशन र भ्रष्टाचारमा मुछिनु नेताहरुको खानदानी रोग नै भइसकेको छ । मँयुरका प्याँख टासेका काग र गिद्धहरुलाई छुट्याउन नसक्नु बहुसंख्यक मतदाताहरुको मुख्य कमजोरी रहि आएको कुरामा दुई मत छैन ।
केन्द्रीय नेताहरु पूर्व गृहमन्त्री बालकृष्ण खाँण (काँग्रेस) नक्कली भुटानी शरणार्मी काण्डमा जेलको चिसो छिंडिमा छन् । पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी मुद्दाका मुख्य मतियार रहेको भन्दै जेलको छिंडिमै रहेका छन्। पूर्वगृहमन्त्री समेत रहेका विजय गच्छेदार र मोहम्मद अफ्ताव आलम गंभिर आरोपै आरोपको भारी बोकेर पछुताई रहेका छन् ।
केन्द्रीय तहकै नेताहरु पूर्व प्रधानमन्त्री माधव नेपाल, डा. बाबुराम भट्टराई बालुवाटार ललिता निवास सरकारी जग्गा काण्डमा आरोपित छन् । एमाले नेता विष्णु पौडेल किनेको ललिता निवासको जग्गा फिर्ता गरेर उम्कने दाउमा छन् । चोरीको माल किन्नेलाई सजाय हुने कानुनको छिद्रलाई खोजेर उम्कन सक्लान् ? अर्का नेता पूर्व संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड हान्दिने दिल गर्दा गर्दै भएपनि उम्काइएका छन् । २ वर्षको दुधे बालकदेखि प्रहरी बरिष्ठ उपरीक्षकलाई सफाया गर्ने रेशम चौधरीलाई सर्वोच्चले समेत डाम्यो तर सरकारले उन्मुक्ति माफी दिएर रिहाई ग¥यो।
महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ र आइजी रिटायर्ड एमाले नेता सर्वेन्द्र खनाल सांसद अपहरणमा मुछिए । पोखराका नवनेता ढाका कुमार श्रेष्ठ रकम असुली काण्डमा मुछिए । उनको पाटी रास्पाले पद नै खाइदियो । यि बाहेक विभिन्न आरोप र अवैध गतिविधिमा लाग्नेहरुको फेहरिस्त लामो छ । सकारात्मक नतिजा भन्दा नकारात्मक नतिजाको बाहुल्यता रहेको छ ।

स्थानीय तहको ओरालो यात्रा

राम्रै बजेट खेलाउने स्थानीय तह हो । संघियता कार्यान्वयन भए पश्चात निर्वाचित अधिकांश जनप्रतिनिधिहरुको कार्यशैली ओरालो यात्रामा केन्द्रीत बन्दै गएको छ । जनप्रतिनिधि कि धनप्रतिनिधि नै छुट्याउनै नसकिने अवस्था छ । जनप्रतिनिधि जसलाई जनताले चुनेर पठाए उनिहरु साच्चिनै जनप्रतिनिधि बन्न सकेका छैनन्। पैसाको खोलो बगाएर चुनाव जितेर आएकाहरु चुनावमा भएको पैसाको (खर्च) खोलो फर्काउने ध्याउन्नमा देखिन्छन् । व्यापारी पृष्ठभूमिबाट आएका, गुण्डागर्दी पृष्ठभूमिबाट आएकाहरुले आफ्नो बाटो छोड्न सकेको देखिदैन ।
थाहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गोपाल लामा लागु औषध गाजा तस्करी कारोवारमा पक्राउ परे । त्यस भेगमा गाजा पुस्तौनी पेशाको रुपमा गर्नेहरुले नै लामालाई जिताएर पठाएका थिए । सुनसरी रामधुनी न.पा. का वडा अध्यक्ष केशव गौतम अर्काकी श्रीमतीसँग सहवास भइरहँदा रंगेहात पक्राउ परेका छन् । यो त भए वाहिरी जिल्लाको गतिविधि । संयौमाथि पुगिसक्यो यस्ता अनैतिक अपराधहरु ।

पोखरामा यस्ता छन्

पछिल्ला महिना पोखरा थप चर्चामा छ । जनताले चुनेर पठाएका कतिपय जनप्रतिनिधिहरुले बाटो विराउने क्रम बढ्दो छ । पोखरा महानगरपालिका वडा नम्वर २१ का वडा अध्यक्ष दीपक प्रसाद सुवेदी मित्र मिलन सहकारी ठगि काण्डमा मुछिए । मुद्दा दर्ता भयो । उनि फरार छन् । बहुविवाह गरेका सुवेदीले वहुविवाह मुद्दा खेप्न परेको छैन । कानुन छले ।
पोखरा महानगरपालिका वडा नं. ६ का सदस्य दीपेन्द्र पहारी गुण्डागर्दी गरी असुली गरेको मुद्दामा पक्राउ परेका छन् । उनि कास्की प्रहरी हिरासतमा छन् । पोखरा २४ का वडा अध्यक्ष भरत प्रसाद अधिकारी आफ्नै वडा सदस्य मैया नेपालीलाई दलितलाई दुवचन बोली विभेद गरेको भन्ने आरोपमा कास्की जिल्ला अदालतले साढे ४ महिना कैद र जरिवाना तिराउने फैसला गरेको छ ।
यस्तै पोखरा महानगरका न्यायिक समिति सदस्य समेत रहेकी वडा नम्वर ९ की वडा सदस्य भावना श्रेष्ठ महानगरपालिकाकै कर्मचारीबाट सांढे दुई लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ । मुद्दा मिलाइ दिने वहानामा घुस माग्ने र घुस दिने दुवै पक्ष सरकारका जिम्मेवार पात्र हुन् । घुस दिने कर्मचारी, खुस लिने जनप्रतिनिधि रहेका छन् । यो भन्दा टिठ् लाग्दो र निकृष्ठ काम अरु के हुन सक्छ । जनताले घुस बुझाउन कै लाग गठन भएको हो न्यायिक समिति ? यस विषयमा पोखरा महानगर न्यायिक समिति समक्ष सदस्य भावना श्रेष्ठले राजिनामा दिएकी छिन् । नियमानुसार कारवाही हुन कार्यपालिका वोर्ड समक्ष पठाउन शनिबार नै निर्णय गरिएको बताइएको छ ।
कतिपय वहालवाला जनप्रतिनिधिहरु विदेशमा बसेर नेपालमा सुविधा भत्ता खाइ आएका छन् । पोखरा महानगर २० नम्वर वडाका निर्वाचित वडा सदस्य उत्तम गुरुङ विगत १ वर्षदेखि अमेरिकामा छन् । २०७९ पुषमा अमेरिका गएका वडा सदस्य अमेरिका बसेपनि उनका नाममा मासिक तलव भत्ता सुविधा खुरु खुरु उनको खातामा जम्मा भइरहेको तथ्य सराङकोटले स–प्रमाण फेला पारेको थियो । मासिक करिव २२ हजार रुपैयााका दरले रकम जम्मा गर्दै आएको थियो । सराङकोटले समाचार प्रकाशन गरेपछि उत्तम गुरुङको नामाम गएको पैसा रोक्का भएको छ । रोक्का मात्र गरेर हुन्न उत्तम गुरुङ र अघिल्लो कार्यकालको सीता सुवेदीले खाएको करिव १५ महिना अष्ट्रेलियामा रहँदाको तलव फिर्ता गर्न जरुरी छ । नाति नातिना हुर्काउन तेल भिषामा विदेश जाने जनप्रतिनिधिले खाएको सुविधा फिर्ता गर्नु आवश्यक छ ।
स्थानीय तहमा स्वेच्छाचारिताले सिमा लाग्दै गएको छ त्यसको मुख्य कारण दण्डहिनता रहेको स्पष्ट हुँदै आएको छ । १० औं लाख खर्च गरेर चुनाव जित्ने वडा अध्यक्ष, करोडौं खर्च गरेर चुनाव जित्ने पालिकाका प्रमुख हरुले सेवा भन्दा मेवामा जुटेको उनिहरुको कार्यशैलीले बताएको छ । चुनावको लगानी उठाउन कुकर्म गर्ने अन्त्य गर्न चुनावी खर्च सिमिा कार्यान्वयनमा जुट्न आवश्यक छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: