अख्तियारले डामेकालाई ‘सुशासन पुरस्कार’ !

सराङकोट न्यूज
13 December, 2023 11:26 am
Advertisements

पोखरा

सुनास कास्कीद्वारा स्थापित सुशासन पुरस्कार यो बर्ष गोगन मा.बि. गगनगौडालाई दिने निर्णय सुनाइएको छ । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा अख्तियार कार्यालय पोखरा र सुनास कास्कीको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सुशासन पुरस्कार गोगन मा.वि. गगनगौडालाई दिने घोषणा भएको थियो ।
नामै सुशासन पुरस्कार । तर यसपटकको पुरस्कार अख्तियारले डामेर कार्बाही खाएको बिद्यालयलाई दिने निर्णय प्रती आलोचना सुरु भएकोछ। आर्थिक अनियमिताताको अभियोग लागेर दण्ड जरिवाना तिरेका प्र.अ. हुन मोहनप्रसाद बराल । उनलाई जिम्मेवारीबाट बाहिर रहन निर्देशन थियो र बाहिरिए पनी । बिद्यालयको रकम हिनामिना गरेको उजुरी परि छानबिनमा तानिएका मोहनप्रसाद बराल माथिको आरोप प्रमाणित भइ करिब साढे ४ लाख रुपैयाँ दन्ड जरिवाना रकम तिरेका थिए।
बिचमा जिम्मेवारीमुक्त भएका निज बराल अहिले पुन प्र.अ. पदमा आएका छन । ब्यबस्थापन समितिले उनलाई पुन प्र.अ. बनाएको हो । त्यति मात्रै होइन गोगन मा.बि.ले खरिद गरेको जिर्ण स्कुल बस खरिद काण्डमा समेत लामो समय अख्तियारमा मुद्दा परेको थियो । पृथ्वी राजमार्ग बस कम्पनीको फेलियर जिर्ण बस खरिद गरेर बिध्यार्थिको जीवन माथी शिकायत गरेको बिषयमा पनि मुद्दा खेपेको स्कुल हो गोगन मा.बि. । यस्तै लिटिल डाक्टर काण्डमा बिद्यार्थीसँग उठाएको रकम हिनामिनाको आरोप समेत खेपेको गोगन माबि बिद्यार्थीसँग मोटो शुल्क उठाएको प्रकरणमा समेत छानबिनामा परेको ।
यति धेरै आरोप खेपेर अख्तियारले डामेको गोगन माबिलाई अख्तियरको कार्यक्रममा अख्तियारकै मन्चबाट पुरस्कृत पात्रको रुपमा घोषणा हुनुलाई बिडम्बना मानिएको छ । यसरी आरोपित ब्यक्ति प्रमुख रहेको संस्थालाई सम्मानित गर्ने हो भने पुरस्कारको नामै फेर्नुपर्ने आवश्यकता देखिएको छ । अख्तियारले पटकपटक डामेका ब्यक्तिले अख्तियारबाटै सुशासन पुरस्कार बुझ्ने कार्यले गोगन मा.बि.का खतबात माफी होला त अब ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: