अस्पतालको जग्गा कब्जा गर्न डोजर, प्रहरी प्रशासन निरिह, पत्र गायब

सराङकोट न्यूज
15 December, 2023 10:23 am
Advertisements

पोखरा

पोखरा–१, बगर हरिचोकमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा कब्जा गर्न स्थानीय केहि व्यक्तिहरुले धावा बोलेका छन्। मूलसडकतर्फ रहेको सुरक्षा पर्खाललाई डोजर लगाई भत्काएर प्रतिष्ठानको जग्गातर्फ सारेर अर्को पर्खाल लगाउने कार्य भइरहँदा नागरिक समाजको सहयोगमा प्रतिष्ठानले अवैध ढंगबाट गर्न अतिक्रमण गरी पर्खाल लगाउने कार्य रोक्का गरिएको छ ।
सोमवार दिनभर केहि स्थानीय व्यक्तिहरु र सरकारी निकाय, सडक डिभिजन कार्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नागरिक समाजका अगुवाहरु वीच पर्खाल लगाइ छाड्ने र लगाउन नदिने वीच तनाव सृजना भएको थियो । हरिचोकको पूर्व तर्फ रहेको करिव २५ रोपनी जग्गा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको छ । उक्त जग्गामा मुटु रोग हस्पिटल बनाउने डिपिआर तयार भईसकेको छ । उक्त स्थानमा सडकको मापदण्डभन्दा पछाडि प्रतिष्ठानको जग्गामा करिव २ मिटर मिचेर पर्खाल लगाउने कार्य भइरहेको थाहा पाएपछि प्रतिष्ठानले २०८० मंसिर ११ गते पत्र लेखेरै प्रशासन गुहा¥यो तर मंसिर २४ गते सम्म प्रहरी प्रशासनले कुनै सहायेग गरेन । प्रतिष्ठानको जग्गा सँगै जोडिएको वडा प्रहरी कार्यालय वगरले समेत जेसीवी प्रयोग गरी सरकारी जग्गामा लगाइएको पर्खाल भत्काएर जग्गा अतिक्रमण गरेको समेत थाहै पाएनछ । वडा प्रहरी प्रमुख वोधराज रेग्मी भन्छन् डोजर चलेको थाहै पाइएन । मुख्य चोकमा डोजर चलेको थाहा नपाउने वगर प्रहरीको उदासिना हो या मिलेमतो सोचनिय विषय वनेको छ । आफ्नो छेउमै सरकारी जग्गामा चलेको डोजर अनुमती पत्र लिएर चलेको हो या नलिइ चलेको भन्ने बारेमा थाहा नपाउने प्रहरीले कुना कानीमा हुने अपराध कसरी थाहा पाउँलान् । विषय टिठ् लाग्दो छ ।
यता जिल्ला प्रशासनले ८/११ गते जिल्ला प्रहरी कास्कीलाई पठाएको पत्र गायव भएको छ । उक्त पत्र २४ गते खोजतलास गर्दा नभेटिए पछि पुन अर्को पत्र पठाइएको बुझिएको छ । पत्र कहाँ कसले गायव पा¥यो, खुल्न बाँकी छ । पत्र नै आएन भनेर कारवाही नगर्ने प्रहरीको कार्य सैली पनि अचम्मकै छ ।
टुडिखेलका पश्चिम तर्फका घरवालाहरुले जग्गा सार्न खोजेका कारण मापदण्डबाट जोगिने खेल हुन सक्ने बताइएको छ । सडकको केन्द्रबाट लाग्ने मापदण्ड दुवै तर्फ बराबर कायम हुने कानुनी प्रावधान रहि आएको छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराई प्रचलित कानुनमा उल्लेख भएको मापदण्ड बाहेक एक इञ्च जग्गा पनि अतिक्रमण हुन नदिने बताउँछन् । मुटु रोग हस्पिटलको डि.पि.आर भइसकेको ठाउँमा एक इञ्च पनि दायाँ बायाँ नहुने भट्टराई बताउँछन् ।
नागरिक समाजका चन्द बहादुर गुरुङ साविकको नक्सा र सडक मापदण्डमा कुनै अतिक्रमण गर्न नहुने बताउँछन् । वडा नं. १ कार्यालयले नीति नियम परिपालना सरकारी जग्गाको संरक्षणमा लाग्न आवश्यक रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: