सानिमा बैंकको स्थापना दिवसमा खुल्ला रक्तदान

सराङकोट न्यूज
16 December, 2023 8:13 am
Advertisements

गैर आवासीय नेपालीहरुको मुख्य प्रबर्द्धनमा सन्चालित सानिमा बैंकले आफ्नो १९ औ स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ३१ युनिट रगत सकलन भएको छ । सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख रामेस्वर खतिवडालाई पहिलो रक्तदाता स्वरुप ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्य आरम्भ भएको थियो ।

बैकको प्रदेश कार्यालय प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम भएको थियो । पोखरामा सानिमा बैंकको ४ वटा शाखा रहेको बैकका रिलेसन म्यानेजर आरोग्य खतिवडाले बताए । सानिमा बैकको प्रत्येक शाखाबाट गरिब तथा जेहन्दार २/ २ जना बिध्यार्थिलाइ छात्रवृत्ति दिदै आएको छ । यो सुबिधा काठमाडौ बाहिरका शाखाहरुमा मात्र लागू गरिएको बगर शाखा प्रबन्धक बलराम के सि ले बताए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: