सिरुबारीमा माबि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, श्रवण मा.वि.ले आफ्नो बनायो रनिङशिल्ड

सराङकोट न्यूज
22 December, 2023 9:26 am
Advertisements

पोखरा

आँधिखोला गाउँपालिकाको आयोजनामा माबि स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ छ । आँधिखोला गाउँपालिका वडा नम्बर १ स्थित त्रि सहिद माध्यमिक बिद्यालय पन्चमुल सिरुबारिको खेलमैदानमा विभिन्न प्रतियोगिता भएको गाउँपालिकाका सुचना अधिकारी गेदुराम ढकालले बताए ।
पुष १ गतेबाट ३ गते सम्म तीन दिनसम्म चलेको प्रतियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयका विद्यार्र्थीहरुले विभिन्न प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्र छात्रा भलिबल, छात्र छात्रा कबड्डी , छात्र छात्रा १ सय मिटर र ४ सय मिटर दौड रहेको छ भने छात्रा ८ सय मिटर र छात्र १५ सय मिटर दौड प्रतियोगिता भएको थियो । खेल सन्चालनका लागि संघीय सरकारबाट १ लाख प्राप्त भएको र पालिकाबाट करिब ५ लाख रुपैया खर्च भएको शिक्षा प्रमुख लक्ष्मी सापकोटाले बताइन । बिजेताहरु प्रथमले ४० हजार दोस्रो हुनेले ३० हजार र तेस्रो उनेली २० हजार नगद पुरस्कार, प्रमाणपत्र, मेडल ट्रफी र रनिङ शिल्ड प्राप्त गरेको लक्ष्मी सापकोटाले बताइन ।
यो बर्षको रनिङ शिल्ड छात्रा भलिबलतर्फ आँधिखोला गापा वडा नम्बर ४ को श्रवण माध्यमिक विद्यालयले जितेको छ । लगातार ३ बर्षसम्मको प्रतियोगिता जित्दै यो बर्षको शिल्ड सधैको लागि आफ्नो (पच) बनाउन श्रवण मावि सफल भएको छ । भलिबल छात्र तर्फ त्रि सहिद नमूना माबी पन्चमुल सिरुबारिले रनिङ शिल्डमा कब्जा जमाएको छ । उक्त विद्यालयले अघिल्लो सालको तेस्रो पटक लगातार भलिबल जिटेर शिल्ड आफ्नो बनाइसकेको थियो भने यो बर्ष चौथो पटक भलिबल गेम जितेको छ ।


यस्तै भलिबल छात्र तर्फ जनप्रदिप माबी दोस्रो र प्रधुम्न पनेरु मा बिले तेस्रो पुरस्कार जितेकाछन । छात्रा भलिबल तर्फ जनप्रदीप माबी दोस्रो र त्रीशहिद नमुना माबी तेसो पुरस्कार जित्न सफल भएका छन। यस्तै कबड्डी छात्र तर्फ जनप्रदिप माबी प्रथम, त्रिसहिद माबी दोस्रो र श्रवण माबी तेस्रो भएकाछन । छात्रा कबड्डी तर्फ श्रवण मा बि प्रथम, त्रि सहिद नमुना माबी दोस्रो र जनप्रदिप मा बिले तेस्रो पुरस्कार जितेको छ ।
छात्रा १ सय मिटर दौडमा श्रवण माबिकी बिपना पौडेल प्रथम, त्रि शहिद नमुना माबिकी अस्मिता ढकाल दोस्रो र प्रधुम्न पनेरु माबिकी शुस्मिता पौडेल तेस्रो भइ पुरस्कार जित्न सफल भएकाछन । ४ सय मिटर छात्रा दौड्मा प्रधुम्न पनेरु माबिकि शुस्मिता पौडेल प्रथम, अन्धा अन्धी प्र माबिकि सपना दर्जी दोस्रो र सेपत सिरानचौर माबिकी सृष्टि छेत्री तेस्रो भइ पुरस्कृत भएका छन । यस्तै ८ सय मिटर छात्रा दौड तर्फ जनप्रदिप माबिकी इशा परियार प्रथम ,अन्धा अन्धी प्रकाश माबिकी सबिना पौडेल दोस्रो र श्रवण माबिकी मेनुका खनाल तेस्रो भइ पुरस्कार जितेकाछन ।
सय मिटर छात्र दौड तर्फ त्रीशहिद माबीका वसन्त चापागाइ प्रथम ,प्रधुम्न पनेरु माबिका सुशेन पौडेल दोस्रो र राष्ट्रिय मा बिकाअर्जुन बिक तेस्रो भइ पुरस्कार जित्न सफल भएका थिय । ४ सय मिटर छात्र दौडमा जन प्रदिप माबिका अनिल प्रथम, त्रीशहिद नमुना माबिका वसन्त चापागाईं दोस्रो र प्रधुम्न पनेरु माबिका सुशेन पौडेल तेस्रो भइ परस्कार पाएका छन । १५ सय मिटर छात्र दौड तर्फ अन्धा अन्धी प्रकाश माबिका सन्जय पौडेल प्रथम , जनप्रदिप माबिका दिपू नेपाली दोस्रो र प्रधुम्न पनेरु माबिका हरी भन्डारी तेस्रो हुन सफल भइ पुरस्कार जितेका थिय
बिजेता विद्यार्र्थीहरुलाई गाउँपालिकाका अध्यक्ष बिस्वनाथ पौडेल, उपाध्यक्ष सीता थापा र पालिकाका प्रमुख प्रशास्किय अधिकृत युबराज अधिकारिले सुयुक्त रुपमा पुरस्कार स्वरुप नगद रकम, ट्रफी मेडल प्रमाणपत्र र राष्ट्र्पती रनिङशिल्ड बितरण गरियकी शिक्षा अधिकृत लक्ष्मी सापकोटाले बताइन
राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्ब गृहमन्त्री तथा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिय। स्याङ्जाबाट निर्बाचित प्रदेश सासद सुधिर पौडेलको विशिस्ट आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व गाउँ पालिकाका अध्यक्ष बिश्वनाथ पौडेल र उपाध्यक्ष सीता थापाले स्वागत मन्तब्य राख्दै कार्यक्रमको बारेमा प्रस्ट पारेकी थिइन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: