पिकनिकको हव बन्दै अर्मलाको कालिखोला

सराङकोट न्यूज
24 December, 2023 9:33 am
Advertisements

पारिजात खराल
पोखरा

के तपाईहरु पायक पर्ने पिकनिक स्थलको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने पोखरा उपत्यका भित्रको समतल भेग अर्मलाको कालिखोला स्थित ढुली वेंसी फाँट तपाइहरुको स्वागतमा पर्खिरहेको छ ।
पिकनिकलार्ई वनभोज भनिएपनि पछिल्ला वर्षहरुमा पिकनिक खान फाँटहरुलार्ई उपयूक्त स्थल मान्न थालिएको छ । फाँटहरु पहारिलो घाम लाग्ने, वच्चाहरुलार्ई खेल्न दोड्न मिल्ने हुँदा डाँडा काडा वन पाखाहरु भन्दा साना खोलाका किनारमा रहेका खेत वारीका गरा पाटाहरु पिकनिक स्थलका लागि सुरक्षित मान्न थालिएका छन् । यसै कारणले पनि अर्मलाको कालिखोला, पामेको झोलु·ेपुल क्षेत्र पिकनिकका लागि हव बन्दै गएका छन् ।
पोखरा आसपासका विद्यालय संघ संस्था, आमा समूहरुका लागि पोखरा—१६, स्थित कालीखोलाको ठुलीवेसी फाँट यतिखेर मेला लागेझै चहलपहल हुने गरेको छ । पर्याप्त पानि, सम्म भूभाग र पोखराबाट नजिक भएका कारण ठुलीवेसी फाटमा पिकनिक (वनभोज) गर्नेहरुको वाक्लो उपस्थिति देखिन्छ । गएको शनिवार कालिखोला पुलपारी एकै ठाँउमा ४ वटा विद्यालय र २ वटा समाजको पिकनिक भइरहेको थियो । सवारी पार्किङमा सहजता र पर्याप्त पानिको उपल्ब्धताका कारण ठुलीवेसी फाटहरुलार्ई नै छनोट गरेको पिकनिक आयोजक मध्यका एक क्षेत्री समाज पोखरा—१६ ईकाई अध्यक्ष सन्दिप थापाले बताएका थिए ।
२०७४ सालमा रोपाई महोत्सवको आयोजना गरिए पछि पिकनिक स्थलले थप परिचय पाएको स्थानिय बताउछन् । पहारिलो घाम पर्ने ठुलीवेसी फाट हिउँद ताका ३ महिना मंसिर पुष माघ लागि ठाँउ पाउन समेत गाह्रो पर्न थालेको स्थानिय वासिन्दा बताउछन् ।
उक्त स्थानलार्ई व्यवस्थित पिकनिक स्थल बनाउन जरुरी देखिएको छ । उक्त स्थानमा सार्वजनिक जग्गा समेत रहेको तर त्यस्ता सार्वजनिक जग्गा कति छ भन्ने वारेमा एकिन रहेको छैन । वडा कार्यालयले नापी मालपोत कार्यालय सँग आवश्यक समन्वय गरि सार्वजनिक जग्गा छुट्याई तटबन्ध बानेर पिकनिक स्थल र पार्क बनाउन सके आन्तरिक पर्यटनको विकास हुने अपेक्ष गरिएको छ । यसको लागि स्थानिय सरकारको चासो जान जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: