महेन्द्र गुफाबाट बजार छिरेको मध्यपहाडी लोकमार्ग बिकास कि बिनास ?

सराङकोट न्यूज
2 January, 2024 7:48 pm
Advertisements
  1. महेन्द्र गुफाबाट बजार छिरेको मध्य पहाडी लोकमार्गले दिनदिनै स्थानिय नागरिकलाइ सास्ती दिएको छ । घरको काम , ब्यापार , जागिर सबै छोडेर लोकमार्ग योजनाको हाल कायम रेखांकन परिवर्तनको माग राख्दै आन्दोलनमा होमिने क्रम जति पछि उति पेचिलो बन्दै गएको छ । ब्यक्तिको जग्गा हडपेर जाने हरुका लागि लोकमार्ग शोकमार्ग जस्तै पिडादायी बन्न जाने खतरा रहेको भन्दै पिडितहरुले गम्भीर आपत्ती जनाएका छन ।
    खासगरी महेन्द्रगुफा हुँदै चमेरी गुफा बाट लामाचौर चोक भएर याम्दी जौबारी सम्मका करिब ३ सय घर जग्गा धनिले लोकामार्गले आफुहरुलाइ सुकुम्बासी बनाउने चिन्ता ब्यक्त गर्दै आन्दोलनमा होमिएको बताउछ्न । लोकमार्ग निर्माण कार्य यहि अबस्थामा अगि बड्ने हो भने अझ सशक्त आन्दोलन गर्नुको बिकल्प नरहेको पुस्पलाल मध्यपहाडी लोकमार्ग पीडित संघर्ष समितिका सचिब सन्दिप थापाले बताए । सुकुम्बासी नै बनाउने गरि आएको आयोजना पु अराबलोकन गर्न राज्यका हरेक निकाय सङ्ग हार गुहार गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको सचिब ठापाले बताए ।
    राज्य पक्षले पिडितहरुलाइ विभिन्न आश्वासन दिन सुरु भएको पिडित पक्षको दाबी रहेको छ । आयोजनाको स्वीकृत रेखांकन परिवर्तन गर्न नहुने बरु महानगरको मापदण्ड मात्र लाग्ने गरि यथावत स्थानबाट लोकमार्गा निर्माण गर्न सकिने बताउन थालिएको छ । आयोजना बचाउको पक्षमा वकालत गर्नेहरुलेयस्तो आश्वासन दिइएपनी त्यो कदम ग्राहय नहुने बताइएको छ । ओभर लोड सवारी चल्ने हुदा महेन्द्र गुफा , चमेरी गुफा जस्ता प्राकृतिक सम्पदा भासिन सक्ने प्रवल सम्भावना रहेको भुगर्भ बिदहरुलाइ हवाला दिदै स्थानीयले बताएका छन ।

    महेन्द्र गुफा देखि जौबारी सिम्पानी सम्मका करिब ३ सय घरपरिवारको क्रन्दन कहिले सुन्ने ? कसले सुन्ने ? नागरिकलाई रुवाएर गरिने बिकाश कसको लागि ? प्राकृतिक सम्पदालाई धराप बनाएर गरिने बिकाश के का लागि ? आफ्नो घरबार र जिबनको अस्तित्वको लडाइ स्थानीयले कहिले सम्म लडिरहनु पर्ने ? पोखराका ठुला दलका स्थानीय देखि प्रदेश हुँदै केन्द्र सम्म पुगेका जनप्रतिनिधिले कहिले सुन्छन यो समस्या ? कहिले खुल्छन बन्द आखाहरु । यी र यस्ता थुप्रै जिज्ञासाको जवाफ कहिले पाइएला ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: