बिब्यस अध्यक्ष र प्रधानाध्यापक मिलेर १८ लाख भ्रष्टाचार

सराङकोट न्यूज
3 January, 2024 9:15 pm
Advertisements

शिक्षा दिने गुरु नै भ्रष्टाचारको दलदलमा फसेपछी के सन्देध जाला ? यस्तै भएको छ बाकेमा ।बाँकेको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नरैनापुर गाउँपालिका–२ मा सञ्चालित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि तलबभत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तकलगायत शीर्षकमा निकासा भएको १८ लाख तीन हजार सात सय ४१ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । साविक जिल्ला शिक्षा कार्यालय बाँकेबाट निकासा भएको उक्त रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्म शिक्षकको तलबभत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको रकम प्रधानाध्यापक जोलाह र खाँले आफूखुशी खर्च गरेको आयोगको अनुसन्धानबाट खुल्न आएको हो ।

खाँले तत्कालीन प्रधानाध्यापकको हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरू बरबुझारथ नगरी लुकाइ नष्ट गरेको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगले जोलाह र खाँविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगोसहितको जरिवाना र कैद सजायको मागदाबी गरेको छ । शिक्षक र बि ब्य सका अध्यक्ष ले नै भ्रष्टाचार गरेको भन्दै सर्बत्र आलोचना भएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: