सहकारी सञ्चालक माथी कडाइ पोखरा महानगरद्वारा निर्देशन जारी

सराङकोट न्यूज
3 January, 2024 9:03 pm
Advertisements

पोखरा

पछिल्लो समयमा सहकारी सस्थाहरु समस्याग्रस्त हुन थालेपछी बचत कर्ताहरुको बेहाल सुरु भएको छ । सुर्य दर्शन सहकारी, इमेज सहकारी, मित्र मिलन सहकारीहरु लगाएतले बचतकर्ताहरुको करोडौ रुपैयाँ अपचलन गरेपछी नागरिक तहमा सनसनी मच्चाउन पुगेको छ । केही खराब सहकारी संचालकका कारण बिधिसम्मत चलेका सहकारीहरु समेतको उछितो काट्न थालिएको छ। बुझ्दै नबुझी गरिने हचुवा टिप्पणीले राम्रो स्टाटस बनाएका सहकारीहरु समेतलाई अप्ठ्यारोमा पार्न थालिएको छ ।
कस्तो सहकारीलाई राम्रो मान्ने ? कुन सहकारी सुरक्षित हुन्छन भन्ने कुरा स्पस्ट हुन आवश्यक छ । राज्यका नियामक निकायहरुले हरेक सहकारीको नाडि छामेर नागरिक समक्ष पठाउनु आवश्यकता महसुस गराएको छ ।
बर्तमान तरल अबस्थालाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका भित्र रहेका सहकारी संघ सस्थाहरुलाइ ६ बुदे निर्देशन जारी गरेर सहकारीको नाडी छाम्ने जमर्को सुरु गरेको छ। सहकारी शाखाका प्रमुख उपसचिव भरतराज पौडेलद्वारा जारी निर्देशनमा २०८० पौष मसान्त भित्र सस्थाको बचत दायित्व लगानी तथा सम्पती लगाएतको बित्तिय विवरण समेटियको स्वेतपत्र जारी गरि सहकारी शाखामा पेश गर्न भनिएको छ । बचत फिर्ताको कार्य योजना पेश गर्न, सन्चालक समिती तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू र ब्यबस्थापकको सम्पत्ति बिबरण पेश गर्न,कोपोमिसमा आबद्द सहकारिले कोपोमिसको प्रणालीमा तोकिए बमोजिम विवरण पेश गर्न पुस महिना भित्र साधारण सभा सम्पन्न गरि निर्णय पेश गर्ने लगाएतको निर्देशन जारी गरिएको छ । निर्देशन पालना नगर्ने सहकारीलाई पोखरा महानगरपालिका सहकारी ऐन २०७५ को दफा ५१ बमोजिम र दफा ८२(२)ख बमोजिम कारबाही हुने बताइएको छ । ।
पोखरा महानरपलिकाले सहकारीको वास्तविक अवस्था बुझ्म चालेको यो कदमले बचत कर्ता शेयर सदस्यमा बिश्वास र सनचालकलाइ खबरदारी गरि नियमानुसार कदम चाल्न बाध्य्बनाउने अपेक्षा गरिएको छ । नियमानुसार चलेका सुरक्षीत सहकारीहरुका लागि यो कदमले थप उर्जा दिने बिश्वास लिएको सहकारी शाखा प्रमुख भरतराज पौडेलले बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: