परिचय सहकारीको ४ थो अधिबेशन सम्पन्न , दिपक तिमल्सिनाको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन

सराङकोट न्यूज
6 January, 2024 10:20 pm
Advertisements

पारिजात खराल
परिचय बचत तथा ॠण सहकारीको चौथो अधिबेशनले दिपक तिमल्सिनाको अधक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको छ । सहकारीको उपाध्यक्षमा झबिलाल अधिकारी , सचिबमा कृष्ण रानाभाट र कोषाध्यक्षमा खुमलाल डुम्रे निर्बाचित भएका हुन । यस्तै सदस्यहरुमा खेमराज पौडेल , तिर्थराज तिमल्सिना र अमृता शर्मा निर्बाचित भएका छ्न।
भेलाले लेखा सुपेरिबेक्षण समितिमा टेक प्रसाद तिमल्सिना र शिक्षा उप समितिको सयोजकमा पारिजात खराल सर्बसम्मत निर्बाचित भएका छ्न । निर्बाचन समितिका सम्योजक यदुनाथ बन्जाराले नबनिर्बाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिय ।


पोखरा १६ को ढिक्किडाडा रिसोर्टमा भएको चौथो अधिबेशन तथा ११औ साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कृषि तथा भुमी ब्यबस्था मन्त्रालय गण्डकी प्रदेश पोखराका सचिब सहदेव प्रसाद हुमागाइले बर्तमान विषम परिबेशमा सहकारिलाइ जोगाएर लैजान सन्चालक समिती र शेयर सदस्यले चनाखो भएर काम गर्नु पर्ने बताए । संख्यालाई भन्दा गुणात्मक बिकाशमा ध्यान दिन आवश्यक रहेको सचिब हुमागाइले बताए ।
अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कोषाध्यक्ष उमा सापकोटाले सहकारीको सात शिद्दान्त बाचन गरेकी थिइन ।सस्थाका सचिब बलराम बडालले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष यदुनाथ बन्जाराले स्वागत मन्तव्य राखेका थिय । सहकारीको कार्यकाल ४ बर्ष रहेको छ ।

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: