बिन्ध्यबासिनी माविको ७७ औं बार्षिकोत्सब पुस २७ गते

सराङकोट न्यूज
8 January, 2024 10:11 pm
Advertisements

नेपालकै सर्बोत्कृस्ट बिध्यालय बन्न सफल बिन्ध्यबासिनी मावी पोखरा १६ बाटुलेचौरको ७७ औ बार्षिकोत्सब कार्यक्रम पुस २७ गते आयोजनाको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बिध्यालयले विभिन्न कार्यक्रम आयोजना गर्ने बिध्यालयका प्राचार्य कृष्ण प्रसाद आचार्यले बताए ।
एकेडेमीक नतिजामा २०७५ साल देखि छलाङ मार्दै आएको बिन्ध्यबासिनी माध्यमिक बिध्यालयले जिल्ला प्रदेश हुँदै राष्ट्रिय बरियतामा सर्बोत्कृस्ट बन्न सफल भएको थियो ।गत बर्षको नतिजामा जग्गाको अपर्याप्तताका कारण दशमलव २ नम्बरको अभावमा दोस्रो हुन पुगेको थियो । राष्ट्रपति बिध्या भन्डारीद्वारा हीरक महोत्सवको उद्घाटन गरेर बिध्यालयले अन्तरास्ट्रिय स्तरमै चर्चा बटुलेको थियो ।
यस बर्ष आयोजना हुने बार्षिकोत्सब कार्यक्रमको पुर्ब सन्ध्यामा पुस २६ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम सयोजक समेत रहेका सूचना अधिकारी राम बहादुर बानियाँले बताए । पुषको २६ र २७ गते हुने कार्यक्रममा बिज्ञान प्रदर्शनी , हस्तकला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम आयोजना गरिने बिध्यालयले बताएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: