हाकिम नहुँदा बिहादी गाउँपालिकाको बेहाल !

सराङकोट न्यूज
12 January, 2024 8:34 pm
Advertisements

पोखरा

केन्द्रिय सरकारले स्थानीय सरकारलाई आफ्नो मुठीमा राखी राख्न पालिकाका प्रमुखलाई आफैले खटाउने नीति बनायो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटा पालिकामा प्रमुखको अरनखटन गर्न आफ्नै हात जगन्नाथ गर्न थाल्यो। सरुवा गर्ने अधिकारी र सरुवा जाने कर्मचारीको मोलमोलाइ खसी बजारको ब्यापार जस्तै हुन पुग्यो। कमाइ हुने मालदार पालिकामा जानेहरूको सूचि लामो भएका कारण मन्त्रालयका सचिब कप्रका अधिकारीको खल्ती पनि ओझिलो बन्न पुगेको कुरा सबले बुझेकै कुरा हो ।
अहिले नेपालका ७५३ पालिका मध्य करिब एक सय पालिकामा प्रमुख छैनन। त्यसम दुइटा कारण रहेको छ ।भनेजस्तो कमाइ नहुने एक कारण पालिकाका प्रमुख सङको मनमुटाव अर्को कारण छ। यस्तै मध्यको एक पालिका हो बिहादी गाउपालिका पर्बत ।
बिहादी गाउपालिका बिगत ३ मगिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन अबस्थामा छ ।प्रमुख प्रशासकीय अधिकृत्को अभावमा सरकारी खाता चलेको छैन । कर्मचारीले तलब खाएका छैनन । पुषको महिना योजना सम्झौता गर्ने देखि रकमान्तर गर्ने महिना हो तर हाकिम आएका छैनन कायालय निकम्बा बन्न् पुगेको देखिन्छ ।
बिहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा आएको केही महिनामै मोदी गाउँपालिकामा सरुवा भइ गएकाछन, बिहादिमा त्यसपछि कोहि सरुवा अएका छैनन दशै भत्ता खाएर शर्मा हिनेपछी तीन महिना देखि बिहादी प्रमुख प्रशासकीय अधिकृत बिहिन बन्न पुगेको छ। उनले सरुवा मागेरै मोदि गएको स्रोतले बताएको छ ।आन्तरिक आयको हिसाबले बिहादी भन्दा मोदी आकर्षक मानिन्छ। बिहादिमा रहदा दायाँबायाँ गर्न अध्यक्ष परबिन गुरुङले छुट नदिएको कारण शर्मा मोदीमा गएको बुझिन आएको छ । मोदिमा घाट खानिको आम्दानी बढी रहेको छ्भने बिहादिको तुलनामा मोदि गाउपालिका सुगम मानिन्छ ।
सरकारले स्थानिय तहमा कर्मचारी पठाउन नसक्नु गैह्रजिम्मेवार कार्यसैली हो ।बिकाश निर्माण देखि नागरिकको सेवामा प्रत्यक्ष जुट्नुपर्ने पालिका समस्यामा पर्नुमा केन्द्रिय सरकार मुख्य दोषी रहेको मानिन्छ । कर्मचारिमा ब्याप्त सुबिधा भोगी प्रवृत्ति र केन्द्रका उच्च कर्मचारीमा जागेको भ्रष्टाचार मोहको कारण स्थानिय तह प्यारालाइसिस बन्न जाने अबस्थामा रहेकाछन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: