हिमालय क्लबको बार्षिकोत्सबको अबसरमा भलिबल खेलाडी गुरुङ सम्मानित

सराङकोट न्यूज
13 January, 2024 8:39 pm
Advertisements

 

हिमालय क्लवको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा क्लबद्वारा स्थापित स्व उदय वहादुर बस्नेत स्मृति भलिबल खेलाडी पुरस्कारबाट गुरुङलाई सम्मान गरिएको हो । गुरुङलाई स्व उदय वहादुर बस्नेतकि धर्मपत्नी गणेश कुमारी बस्नेत, क्लवका संस्थापक अध्यक्ष तिर्थ तामाङ, मानार्थ सदस्य कुमार खड्काले सल, प्रमाण पत्र र नगद १० हजार प्रदान गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि तामाङले भलिबल खेलबाटै उदाएको क्लवले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भुमिका खेलेको बताए।

क्लवका अध्यक्ष शुसिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य बेनी बहादुर बस्नेत, निबर्तमान अध्यक्ष मोहन थापा, पुर्व अध्यक्ष तारा प्रसाद तिमिल्सिना, सहसचिव तुल ब बस्नेत , सहकोषाध्यक्ष लक्ष्मी पौडेल लगायतकाले बोलेका थिए । कोषाध्यक्ष पुष्पराज अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रमको सञ्चालन सचिव शिवराज देवकोटाले गरेका थिए।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: