पोखराको प्याराग्लाइडिङमा सिन्डिकेट हट्यो आन्तरिक किचोलाले ब्यबसाय धरापमा

सराङकोट न्यूज
17 January, 2024 1:37 pm
Advertisements

पोखरामा रहेको प्याराग्लाइडिङ ब्यबसायमा जारी सिन्डिकेट हटेको छ । यहाँ संचालित ५७ वटा प्याराग्लाइडिङ कम्पनी बीच आन्तरिक किचलोको कारण सस्थागत सिन्डिकेट तोडिएको हो ।
सिन्डिकेट तोडिए सङै उडानमा तिब्र प्रतिस्पर्धा सुरु भएको छ । यस अघि एक उडानको १२हजार असुल गर्दै आएका ब्यबसायीले हाल आएर जम्मा २५ प्रतिशत दरमा अर्थात ३ हजारमा यात्रु उडाउन थालेकाछन । यसबाट उडान यात्रुलाइ प्रतक्ष फाइदा पुगेको छ । सामान्यतया रु ७ हजारको वरिपरि उडान दर रहेकोमा बिगत डेड बर्ष देखि व्यावसायिक सस्थाको सिन्डिकेटले उडानको दर प्रती फ्लाइट १२ हजार पुर्याएका थिय ।
प्याराग्लाइडिङ कम्पनिहरुले यस अघि एकै बास्केट मा गेस्ट जम्मा पार्ने र गेस्ट बाडेर आलोपालो उडान भर्ने गर्दै आएका थिय ।त्यसो गर्दा ग्राह्क महँगोमा उड्न बाध्य भएका थिय । नेपाल हवाई खेलकुद सस्था (NAA ) का अध्यक्ष सुनिल बहादुर भट्टराई स्वयम् नेपाली र सार्क मुलुकका नागरिकलाई यो रेट बडि भएको स्वीकार्छन । कहिले आकासै छुने त कहिले पातालै भासिने प्याराग्लाइडिङ उडानको दरका कारण हवाई खेल पर्यटन क्षेत्रलाइ बदनाम बनाउदै लगेको जानकारहरु टिप्पणी गर्छन । गत बर्ष ११ हजारमा उडेका ललितपुर इमाडोलका रबिन के सि ले एसपटक ३ हजारमा उड्न पाएकोमा खुसी मात्र भएनन गत बर्ष आफुलाइ ठगेको भन्दै दुख पनि पोखे।

भाइ फुटे गवार लुटे भने भने जस्तै भएको छ पोखराका प्याराग्लाइडिङ ब्यबसायीलाइ ।पोखरामा कृयासिल ब्यबसायिहरुमा दुई गुट प्रस्ट छुट्टिएको छ ।एउटा समुहमा सनराइज , एभिया , हनुमान फ्लाइ जोन ब्लु स्काइ लगाएतका नाम चलेका १३ वटा प्याराग्लाइडिङ् कम्पनिका सन्चालक रहेका छन ।यो समुहको व्यावसायिक छवि राम्रो भएकोले गेस्टको राम्रो साथ रहेको बताउछ्न । यो समुह ब्यबसायलाई आ आफ्नै रुपमा चलाउन सक्षम रहेको र पाइलट बाड्ने बिषयमा असहमति रहेको बताउँछन् । यसरी असहमति ब्यक्त गरेकै दिन २०८०/०८/२७ गतेकै दिन नेपाल हवाइ खेलकुद सस्था ( NAA ) ले सूचना प्रकाशन गरि बुकिङ सिस्टम रद्द गरिएको भन्दै दर रेट खुल्ला गरेको थियो । पछिल्ला दिनमा बिकसित भएको बिभाजनको मुल कारण पनि यहि रहेको बुझिन्छ ।


अर्को समुहमा ४४ जना व्यावसायि रहेका छ्न ।जसमा कतिपय ब्यबसायिहरु बास्केटबाट प्राप्त गेस्टको भरमा मात्र धानिएका छ्न ।कतिपय व्यावसायिका कार्यालय छैन भने गेस्ट ओसार्ने मोटर समेत नरहेका उनिहरु मध्य कतिपयमा आफ्नो ब्यबसयमा छवि बढाउन र गेस्ट ल्याउने क्षमता न्यून रहेको र यहि कारण उनिहरु एउटै संङ्गठन (बास्केट) बनाएर उडान गर्ने पाइलट बाडेर कमाउने चाहाना राख्छन त्यो सिन्डिकेट गर्ने र महँगोमा ब्यापार गर्नु हो । त्यसो भयो भने फेरि नेपाली ग्राहकले प्याराग्लाडिङ गर्न महङ्गो मूल्य चुकाउनु पर्नेछ ।
एउटै ब्यबसायमा फुट आएपछी दुबै पक्ष बीच अन्तरसङ्घर्ष चुलिएको छ । १३ भाइलाइ ब्यबसाय गर्न नदिने सोचमा ४४ भाइले अनेक तिकडम गरेको उनिहरु बताउछन । १३ भाइका तर्फबाट पाइलट् बाड्ने बिषयमा असहमती ब्यक्त गरेकै दिन बिकशित घटनाक्रमले इगो बढाएको छ । NAA का सदस्य पक्षधरको बाहुल्यता रहेको समुहले १३ भाइ समुहलाइ टेकप र ल्यान्डिङ स्पेस समेत नदिएका कारण माघ १ गतेबाट उडान गर्न बाट बन्चित गराइएको छ । मान्द्रेढुङामा खोजिएको टेकप स्थल प्रमाणीकरण हुन बाकि रहेकोले पाइलट बाड्न असहमत रहेको पक्षले बूकिङ गरेका गेस्टहरुलाइ समेत उडाउन पाएको छैन । NAA का अध्यक्ष सुनिल बहादुर भट्टराईले नयाँ टेकप स्थानको लागि निबेदन आएको र उक्त निबेदन नागरिक उड्डयन प्राधिकरणमा पठाइएको बताए ।
हवाई खेलकुद सस्था जस्तो जिम्मेवार सस्थाले व्यावसायिक कम्पनिमा फुट ल्याएर प्याराग्लाइडिङ कम्पनिलाइ धरासायी बनाउन नहुने नाम नबताउने सर्तमा एक पाइलट्ले बताए । त्यसो भन्दैमा ब्याबसयिको सिन्डिकेटको सिकार गेस्टलाइ बनाएर महँगोमा सेवा बेचेर कमाउ धन्दा गर्नुलाइ पनि राम्रो मान्न सकिन्न । फुटेर जादा ३ हजारमा उडाउन मिल्ने सेवा मिलेर जादा १२ हजार असुल्नुलाइ किमार्थ राम्रो मान्न सकिन्न यस तर्फ नियामक निकायको ध्यान जान जरुरी छ । नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा सेवामा लागत अनुसारको उडान शुल्क लिने ब्यबस्था गरेमा अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक महङिको सिकार हुनबाट नागरिक जोगिने अपेक्षा गरिएको छ ।
प्याराग्लाइडिङ क्षेत्रमा जारी अन्तर कलहको नकारात्मक असर पर्यटन क्षेत्रमा जानू हुन्न । बिरामिले रोजेको चिकित्सक सङ्ग उपचार गराउन पाउछन् भने गेस्टले पनि आफुले बूक गरेको कम्पनी र रोजेको चिनेको पाइलटबाट प्याराग्लाडिङ उडान गर्न पाउने अधिकार सुरक्षीत गर्ने तर्फ नियामक निकाय र सरोकारवालाको ध्यान जानू आवश्यक देखिएको छ ।
त्यसो त यस अघि पनि सिन्डिकेट तोडिएको बिरुद्दमा पाइलटहरुले १५ दिन सम्म हडताल गरेर सेवा ठप्प पारेका थिए । क्यानको निर्देशन पछि ३१ डिसेम्बर बाट उडान सुरु गरेका थिए । पछिल्ला दिनमा जारी बिबादले प्याराग्लाइडिङ ब्यबसाय धरापमा पर्ने अबस्थामा पुगेको छ । बैकको ॠण लियर गरेको करोडौको लगानी डुब्न सक्ने हुदा बिदेश भासिनु बाध्यताको सिकार हुने भन्दै एक युवा व्यावसायिले चिन्ता ब्यक्त गरेका छ्न । उनले भने” हाम्रो सोच विधि र प्रक्रियालाई आत्मसात गर्दै स्वस्थ्य प्रतिस्पर्धा गर्नु हो ” तर गलत मनसायले हामिलाइ सिध्याउन खोजिएको छ उनले भने । आन्तरिक किचलो र इगोको लडाइँका कारण पोखराको ब्रान्ड बनेको साहसिक खेल पर्यटन प्याराग्लाइडिङ ब्यबसाय नै धरापमा पुग्ने मार्गमा अग्रसर देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: