गाउँ घरका लोक्कल गोरु पुर्बतिर खुरुखुरु सरकारकै सेटिङमा कास्किबाट गोरु तस्करी !

सराङकोट न्यूज
18 January, 2024 10:10 pm
Advertisements

 

यदुनाथ बन्जारा

सामान्य मान्छेले आफैले पालेका २-४ वटा कुखुरा र बाख्रा एउटा जिल्ला बाट अर्को जिल्लामा लान खोज्दा हैरानी खेप्न पर्ने हुन्छ । प्रहरीले पनि चेक प्वाइन्टमा देखिहाल्छ । तर सेट मिलाएर ठुला बिजनेश गर्नेहरुले ट्रीपका ट्रीप गोरु ओसारपसार गर्दा पनि सहजै सफल भएका पाइन्छ । हो १० बर्ष देखि गर्दै आएको गोरु ओसारपसारको धन्दा नागरिकको दवाबमा बल्ल बिबाद सतहमा आएको छ ।

कास्किबाट बर्षौ देखि गोरु तस्करी हुँदै आएको रहस्य ब्ल्ल खुलेको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँ पालिका वडा नम्बर १ र पोखरा महानगरपालिका वडा न २४ को सिमानामा पर्ने बनपाले भन्ने स्थानमा गोरु जम्मा पार्ने र ट्रकको ट्रीप पुगेपछी पुर्बी नेपालको झापा तर्फ तस्करी हुने गरेको तथ्य फेला पारेको छ ।
यो तस्करी सम्बन्धी सुचना पछिल्लोपटक पुषको अन्तिम साता मात्र जानकारी हुन आएको हो । रिभान चापाकोट , भदौरे , र माछापुच्छ्रे गाउँ पालिकाकाका बिभिन्न वडाबाट गोरु सकलन गरि बनपाले भन्ने स्थानमा जम्मा पार्ने र ट्रकमा ट्रीप पुगेपछी झापाको बोर्डर मेची नगर १२ मा लगिने गरेको प्राप्त प्रमाण बाट पुष्टि भएको छ । बिगत ५ बर्ष अघि बाट यो ओसारपसार धन्दा भैरहे पनि यसबारेमा स्थानिय सरकार , प्रहरी प्रशासन कसैले जानकारी नभएको बताएका छन ।

यसरी बाहिरियो धन्दा

केही दिन अघि अन्नपूर्ण गा पा १ नाउडाडाका दिपक सुनारलाइ छाडा गोरुले आक्रमण गर्यो ।स्कुटरमा रहेका दिपक घाइते हुन पगेपछी हान्ने गोरुको बारेमा खोजी गर्दा बनपालेमा थुनेर राखेको गोरु फुत्केर आइ आक्रमण गरेको खुल्यो । त्यसपछि बल्ल गुह्य धन्दा बाहिर आयो कि गोरु सकलन केन्द्र र ओसारपसारको कुरा । त्यहाँ सकलन गरिएको गोरु पुर्बी नेपालको बोर्डर मेची नगरपालिका १२ मेचे गाउँमा पुर्याइने गरेको खुलेको छ । सन्जित कुमार मेचे नामका ब्यक्ति र केदार प्रसाद शर्माको टिमले यो धन्दा गर्दै आएको तथ्य  खुलेको हो ।
सुरुका बर्षहरुमा बिना दर्ता गोरु ओसारपसार 

यस अघि पनि कास्कीका गाई गोरु काकड भिट्टा नाका हुँदै सिक्किम र बङलादेश तर्फ तस्करी हुने गरेको आवाज उठ्दै आएको थियो । हुर्कदै गरेका बाच्छाहरु देखि बुढा गोरुहरु समेत ओसार्ने कामलाई पछिल्लो समय पालिकाहरुले बाटो खुलाइदिएको भेटिएको छ ।


गोरु ब्यापारीहरुले गत बर्ष देखि स्थानीय पालिकामा ब्यबसाय दर्ता गराइ सङठित रुपमै गोरु सकलन र ओसारपसार गर्दै आएको पाईएको छ ।
त्यसको लागि झापाको मेची नगर पालिकामा सन्जित कुमार मेचेको नाममा सन्जित एन्ड जोसिम पशुजन्य बस्तु खरिद बिक्री केन्द्र नामको व्यावसायिक फर्म दर्ता गरेका छ्न । उक्त सस्थाको नाममा कास्किबाट गोरु पठाउन कागेस्वरी मनहरा ८ काठमाडौ घर भएका केदार प्रसाद शर्माले अन्नपूर्ण गाउँ पालिकामा सुग्न्धित बहुउद्देश्यीय कृषि फार्म गत २०७९/०८/१९ को मितिमा दर्ता गराएको पाइएको छ । कृषि फार्मको नाममा दर्ता भएपनी यी दुई सस्थाको मुख्य काम गाई गोरु सकलन र ओसारपसार रहेको पाइएको छ ।
पटक पटक कास्की र पोखराबाट पुर्बी नेपालको बोर्डर हुँदै गाई गोरु तस्करी भैरहेको गुनासो आएपनी कहाबाट कसले गर्छ भन्ने कुरा खुलेको थिएन । राजमार्गमा रहेका दर्जन बढी चेकपोस्ट हरु समेतको बेवास्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । धन्दावालले कागज मिलाएर गरेको नितिगत तस्करीमा प्रहरी देखि राज्यका नियामक निकायको मौनता सकास्पद रहेको छ । पालिकाले दिएको दर्ता कागज र पशु चिकित्सकले दिने भेटनरी प्रमाणपत्र ओसारपसार धन्दाको लागि स्वर्ग बन्ने गरेको छ ।


यस कार्यमा पशु स्वास्थ तालिम केन्द्र पोखराका चिकित्सक गृष्म नेउपानेले सप्लायर्सलाइ सहयोग पुर्याएका छन । उनले सुगन्धित बहुउद्देश्यीय कृषि फर्मले सकलन गरेको २२ वटा गोरु सन्जित एन्ड जोसिम पशुजन्य बस्तु खरिदबिक्री केन्द्र मेची नगर को नाममा भेटेनरी प्रमाणपत्र बनाइदिएको पाइएको छ । उनले दिएको प्रमाणपत्रमा लोकल जातको गोरु भन्ने केखिएको छ तर ती गोरु के प्रयोजन भन्ने खुलाएका छैनन । तपाईं सरकारी कर्मचारी कसरी भ्याउनु भो फिल्ड गएर हेरि प्रमाणपत्र दिन भन्ने हाम्रो जिज्ञासामा उनले भने” भिडियो हेरेर पनि भेटिनरी प्रमाणपत्र दिइन्छ” । किन लगेको झापा बोर्डरमा भन्ने प्रश्नमा उनले भने स्वस्थ भए नभएको मात्र हाम्ले हेर्ने हो अरु थाहा हुन्न । यति सजिलै उनले प्रमाणपत्र दिनु शुभलाभको लागि राम्रो मानिने जानकारहरु बताउछन ।


प्रहरी बेखबर ! जनप्रतिनिधिको मिलेमतो !!

यता बर्षौ देखि ट्रकका ट्रक गाई गोरु बोर्डर सम्म लाने मुख्य गौडामा रहेका प्रहरीलाई थाहा पत्तो नहुने बताउँछन । बगर प्रहरी पोखराका प्रमुख इन्सपेक्टर बोधराज रेग्मी यस गोरु ओसारपसार भएको बारेमा बल्ल थाहा पाएका छौ अब निगरानी राख्छौ । बिगत ५ /७ बर्ष देखि कास्की बाट सयौ ट्रक गोरु निकासी भैसकेको बताइरहदा प्रहरीले थाहा पत्तो नपाएकै होला त ? सकलन केन्द्र प्रहरी चौकी भदौरे नजिकै पर्छ ।ट्रकमा लोड गरेर ओसारिने काम न भदौरे चौकिले थाहा पायो न बगर स्थित सिम्पानी जौबारी चेक पोस्टलेनै । पशु चौपाया ओसारपसार सम्बन्धि नीति लाई पनि बेवास्ता गरिएको छ । बगर प्रहरी प्रमुख त्यस्तो काम प्रहरीले नहेर्ने बताउदै पालिका र स्थानिय प्रशासनमा बुझ्न भनेर तर्कने प्रयास गरे ।
गोरु सकलन तथा ओसारपसार कार्यमा अन्नपूर्ण गाउँ पालिका वडा नम्बर १ का सदस्य खेम कुवरले साथ दिदै आएको स्थानियले आरोप लगाएका छन । तर कुवर आफ्नो होटल ब्यबसाय भएकोले खाना पिना मात्र हुने गरेको बताउँछन् । तर जनप्रतिनिधि सदस्यमा जितेका कुवरले लामो समय देखि बनपाले क्षेत्रबाट भैरहेको गोरु सकलन र सप्लाइ कार्यमा जानकार मात्र नभई सहयोग समेत पुर्याउदै आएको बताइन्छ । ढिकुरपोखरीका अधिकास ब्यक्तिले उक्त काण्डमा वडा सदस्यको सहयोगको बलमा धन्दा भैरहेको आशका ब्यक्त गरेका छन ।
कास्किको गोरु कागजी प्रक्रिया पुर्याएर मेची नगर सम्म पुर्याउने कार्यमा क कसको सेटिङ छ ? कहाँ सम्म सप्लाइ गरिन्छ ? यो धन्दामा को को सलग्न छन भन्ने पहिल्याउन राज्यले सूक्ष्म छानबिन गर्न सकेमात्र सम्भव छ ।नत्र हाल सम्म गाडिएको गोरु ओसारपसार कान्ड स्यालको सिङ हराए झै गाएब हुन नसक्ला भन्न सकिन्न ।
गोरु ओसारपसार कामलाई सामान्य मान्न सकिदैन । कास्किका लोक्कल गोरु जोत्न लगिन्छ कि बध गर्न लगिन्छ भन्ने यसै भन्न नसकिने अवस्था । पालिकाले ब्यबसय दर्ता गरिदिने , पशु चिकित्सकले भिडियो हेरेर भेटेनरी प्रमाणपत्र दिने अनि प्रहरीले चरो मुसो के लग्यो थाहै छैन भन्ने भएपछी कास्किका लोक्कल गोरु गाडी चडेर खुरुखुरु बोर्डर पुग्ने काम कसरी रोकिएला । सन्जित मेचे सङ सम्पर्क गर्दा १० बर्ष देखि यो काम गरिरहेको बताउदै भने “मलाइ मात्रै किन सोधेको म जस्ता दर्जनौ ब्यापारी छन उनिहरुलाइ पनि बुझ्नुस न ” मेचेको भनाइ अनुसार यो धन्दाको जरो निकै लामो छ लामो । जरो काटिन्छ कि जोडिन्छ त्यो भने हेर्न बाकी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: