सुबिधामा मस्त नेफ्सकुन एउटा बैठकको भत्ता ३० हजार !

सराङकोट न्यूज
30 January, 2024 11:58 am
Advertisements

नेपालमा संचालित सहकारी सस्थामा विभिन्न सकट थपिने क्रम जारीरहेको छ । जारी आर्थिक मन्दिको प्रतक्ष असरबाट सहकारी संघ सस्था अछुतो रहन सकेको छैन । शेयर सदस्यले लगानी गरेको पुजिमा सन्चालकका बिषालु नङ्रा परेर पक्षघात हुँदै गएको तितो यथार्थ कोहिबाट लुकेको छैन । जनताको श्रम पसिना र आँसु मिश्रित लगानिमा सन्चालक समितिको रजाइँ र नियामक निकायको उदाशिनताले बचतकर्तालाइ डिप्रेसनमा जानू आत्महत्या गर्न बाध्य हुने सम्मको अवस्था सृजना गराएको छ ।
सहकारी किन समस्यामा पर्न थाले ? कहाँ बाट चुहावट भयो भन्ने बिषय आम नागरिकले अझै बुझ्न सकेका छैनन । सहकारीहरुलाइ ब्यबस्थापन गर्ने उद्देश्यले स्थापित संघ सस्थाहरु सेतो हात्ती जस्तै पाल्नै नसक्ने महङ्गा साबित हुँदै गएकाछन ।यस तर्फ सरोकारवाला राज्यका नियामक निकायको रहस्यमय मौनतालाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।
सहकारी बृतमा नेफ्स्कुनको नाम चलेको छ । नेपाल बचत तथा ॠण केन्द्रीय सहकारी संघ लि लाई छोटकरीमा नेफ्सकुन भनिने रहेछ ।यसको काम आफुमा आबद्द भइ सदस्यता लिइएका सदस्य सहकारीहरुलाइ तालिम दिने सफ्टवेयर बनाएर बिक्री गर्ने लागाएतका काम गर्ने रहेछ ।देश भरका करिब ३१ हजार सहकारी सहकारी रहेकोमा नेफ्स्कुनमा ४७२४ सहकारी आवद्ध रहेको सुचना विवरण सराङ्कोटलाइ प्राप्त भएको छ ।
यो संघ सन्चालनका लागि १९ सदस्यीय सन्चालक समिति रहेको पाइएको छ । जसको नेतृत्व अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन उनि हाम्रो सुपर साकोस नवलपरासीबाट प्रतिनिधित्व गरि अध्यक्ष बनेका हुन, यस अघि परितोष पौडेल अध्यक्ष रहेका थिए । यी बाहेक १ जना सयोजक सहित ३ सदस्यीय लेखा सुपरीबेक्षण समिति रहने प्राबधान रहेको प्राप्त सुचनामा जनाइएको छ ।

 

एक पटक बैठक बस्दाको भत्ता खर्च ३ लाख ७३ हजार

नेफ्सकुनको बैठक भत्ता खर्छ अन्तर्राष्ट्रिय आयोजना परियोजाना भन्दा माथी रहेको बुझिन्छ । एक जना सदस्यले न्युनतम १० हजार देखि ३० हजार सम्म प्रती बैठक भत्ता बुझ्ने गरेको तथ्य सराङ्कोट्ले पाएको छ । नेफ्सकुन सङ्ग लिखित सुचना माग गरि भत्ता विवरण प्राप्त गरेको हो । प्राप्त विवरण अनुसार काठमाडौमा रहेका सदस्यले प्रति बैठक भत्ता १० हजार रुपैयाका दरले पाउनेछन ।नवलपरासीबाट आउने अध्यक्ष चन्द्र प्रसाद ढलालले प्रती बैठक बापत २५ हजार भत्ता पाउनेछन भने बर्दियाबाट आउने बरिस्ठ उपाध्यक्ष दामोदर अधिकारीले २८ हजार पाउनेछन यस्तै दुरिको हिसाबले कैलाली र सुर्खेतबाट आउनेले सबै भन्दा बढि अर्थात प्रती बैठक भत्ता बापत ३० हजार रुपैया बुझ्ने गरेका छन । १९ जना सन्चालक समितिका पदाधिकारी तथा सदस्यले एउटा बैठक बस्दा भत्तामा मात्र ३ लाख ७२ हजार ८ सय रुपैयाँ खर्च हुने गरेको छ । बर्षमा ९ वटा बैठक बस्दा ३३ लाख ५५ हजार २ सय रुपैयाँ भत्तामा मात्र खर्छ गर्दै आएको पाइएको छ ।
सस्था सन्चालक समितिले यति महङ्गो भत्ता लिने स्रोत भने देश भरी छरिएर रहेका बचत तथा ॠण सहकारीबाट उठाउने सदस्यता शुल्क र नवीकरण शुल्क हो ।त्यस बाहेक प्रत्येक शेयर सदस्यबाट ३ रुपैयाँका दरले उठाइने लेबि संघ को कमाइ हुने गरेको छ त्यही कमाइबाट सकलित रकमबाट नेफ्सकुनका सन्चालक समितिले महङ्गो भत्ता खादै आएको पाइन्छ । नेफ्सकुनले सहकारीका प्रबन्धक , ॠण अधिकृत र सन्चालक समितिलाई तालिम दिन महँगो तालिम शुल्क लिने गरेको गुनासो हुने गरेको छ ।त्यसरी महङ्गो तालिम शुल्क उठाएको पैसा प्रशिक्षक हरुले महङ्गो लिने गरेको बुझिएको छ ।
सरकारी कार्यालयहरुले दिने बैठक भत्ताको तुलनामा नेफ्सकुन धेरै महङ्गो र खर्चालु रहेको तथ्यांकले नै पुष्टि गरेको छ । सहकारी र बचतकर्ताको हितार्थ उद्देश्यले स्थापित सस्था नेफ्सकुन सहकारी सस्थाबाट असुल गरिएको शुल्कबाट भत्ता लगाएतका सुबिधा लिन खानमा केन्द्रित देखिनुलाइ किमार्थ राम्रो मान्न सकिन्न । समस्यामा कपर्दै गएका सहकारी जोगाउन तर्फ राज्यले स्पस्ट नीति अघि सार्नु र कार्यान्वयन गर्नुको बिकल्प नरहेको जानकारहरु बताउदै आएकाछन । एउटै बैठकमा ३० हजार सम्म भत्ता पाउने भएपछी अरु सुबिधा के के होलान खोजिको बिषय बनेको छ । जनताको गाँस काटेर जम्मा गरेको रकम बात महिनाकै पौने चार लाख रुपैया भत्तामै खर्च हुन्छ भने तालिम अनुगमनको सिर्षकमा हुने खर्चको सूचि कस्तो होला ? छानबिनको बिषय बनेको छ ।

कास्किको अवस्था यस्तो छ

नेफ्स्कुन केन्द्रीय कार्यालयले आफ्नो नेटवर्क बिस्तार गर्ने क्रममा सदस्री सेवा कार्यालय पोखरामा सन्चालनमा ल्याएको छ । बचत तथा ॠण कारोबार गर्ने सहकारीहरुको छाता सस्थाको रुपम रहेको दाबी पोखरा कार्यालयकि बरिस्ठ सहाएक दिप्ती आचार्य गरेकिछिन ।पछिल्लो समयमा सहकारीमा समस्या थपिदै गएको बेलामा नेफ्स्कुनको काम छाताको भुमिकामा नदेखिएको सहकारी कर्मिहरु नै गुनासो गर्छन ।
अनुगमन गर्न पनि सहकारीले नेफ्स्कुनलाई मोटै रकम तिर्नुपर्ने प्राबधान बनाइएको छ ।जसमा २५ करोड सम्मको वासलात भएको सहकारीले ३५ हजार , ५० करोडको सस्थाले ५० हजार , १ अरब सम्मको सहकारीले ७५ हजार र १ अरब माथिका सहकारीले १ लाख रुपैयाँ नेफ्सकुनलाइ तिरेर सम्झौता गरेपछी मात्र अनुगमन गरिने ब्यबस्था राखिएको छ ।यसबाट पनि प्रस्ट हुन्छ कि नेफ्सकुन सेवामुखी भन्दा सुबिधामुखी सस्था हो ।
केन्द्रमा बैठक बसेको तीस हजार रुपैयाँ लिने नेफ्स्कुनले खोलेको जिल्लाका सदस्य सेवा कार्यालय हेर्ने उपसमितिले प्रती बैठक बापत २ हजार रुपैयाँ भत्ता लिने गरेको पाइएको छ ।पोखरा उपसमितिको सयोजकमा कमलादेवी गिरि रहेकिछन ।गिरि नेफ्स्कुनको केन्द्रीय सदस्य हुन ।उनले एउटा बैठकमा सहभागी बापत २२ हजार भत्ता पाउछिन । एउटा सस्थाले यति धेरै भत्ता बाड्न अप्ठेरो लाग्दैन भन्दा गिरिले भनिन “यो भत्ता बडाउने निर्णय परितोष पौडेलको कार्यकालमा भएको हो ।”
पोखरा सेवा कार्यालय अन्तरगत स्याङ्जा , तनहुँ , कास्की , बागलुङ ,पर्बत र म्याग्दी रहेकाछन । यी ६ वटा जिल्लामा ३८० वटा सहकारी नेफ्स्कुनमा आबद्दं रहेका छन । ३८० वटा सहकारीमा रहेका शेयर सदस्यहरु सङ्ग प्रत्यक बर्ष नबिकरण शुल्क बापत प्रती ब्यक्ती ३ रुपैयाँ असुल्ने गरिन्छ । त्यसरी पैसा लिने सदस्य कति छन भन्ने बारेमा नेफ्सकुनको सदस्य सेवा कार्यालय पोखराले बताउन सकेनन ।

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: