सुचनाको हकको कार्यान्वयनमा जुट्न – जि. स. स. प्रमुख पौडेलको आग्रह

सराङकोट न्यूज
31 January, 2024 9:54 pm
Advertisements

सुचनाको हक कार्यान्वयनमा राष्ट्रिय सुचना आयोगले तदारुकता दिएको छ । यसै क्रममा गन्डकि प्रदेशको राजधानि सहर पोखरामा एकदिने अन्तरक्रिया कार्यक्रम बुधबार आयोजना गरिएको छ । कास्की जिल्ला भित्र रहेका सरकारी कार्यालयका प्रमुख र सुचना अधिकारी हरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सन्छालन भएको थियो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त भएको बताए । प्रमुख पौडेलले सो कुरा राष्ट्रिय सूचना आयोगले पोखरामा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तर्क्रीया कार्यक्रमलाई सम्बोधन गर्दै हरेक बर्ष सुचनाको हक सम्बन्धि कार्यक्रम गर्न सुझाब दिए ।
उहाँले सूचनाको हक सम्बन्धि ऎन ,नियमावली र कार्यबिधी एबम निर्देशिकाहरूबाट निर्देशित सम्पूर्ण हक र अधिकारहरूको आम नागरिकहरूले निर्बाध रूपमा प्रयोग गर्न पाउने र त्यसको बिना हिच्किचाहट कार्यान्वयन गर्न कास्कीका स्थानिय तह सहित सरकारी तथा निजि कार्यालयहरूलाइ आग्रह गरे। सूचनाले जनतालाइ सुसुचित मात्रै नगरी सेवा प्रबाहलाई सहज , प्रभाबकारी र गुणस्तरीय समेत बनाएर भ्रष्टाचार न्यूनीकरणमा समेत भुमिका खेल्ने हुँदा सुशासनयुक्त कास्की निर्माणका लागि सूचनाको हक कार्यान्वयनको विकल्प नभएको उनको भनाइ थियो।

पौडेलले प्रत्येक कार्यालयले सूचना अधिकारी तोक्न र सूचना पार्टीलाई तत्काल ब्यबस्थित बनाउन आग्रह गर्दै सूचनाको हक र यसको प्रयोग सम्बन्धमा नागरिक स्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्न प्रसाद मैनालीले सूचनाको हकको ब्यबहारिक प्रयोग तथा सुचना आयोगको भुमिका र राष्ट्रिय सूचना आयोगका सचिब होम प्रसाद लुइँटेलले संविधानमा सूचनाको हक सम्बन्धि ब्यबस्था ,सूचनाको हक सम्बन्धि ऎन र नियमावली सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले सूचनाको प्राप्ती सम्बन्धि प्रक्रिया उल्लेख गर्दै सूचनाको गोपनियता सम्बन्धि बिषयमा प्रकाश पारेका थिए।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी , सूचनाको हकका लागि राष्ट्रिय महासङ्का गन्डकी प्रदेशका अध्यक्ष यदुनाथ बन्जाराले सुचना अभियन्ता , सुचना दाता र न्यायीक निकायको रुपमा राष्ट्रिय सुचना आयोग बिचको त्रिपक्षिय सयोजनमा आयोजित कार्यक्रम पुर्णतया प्रभाबकारी हुने बताउदै सार्बजनिक निकायले कुनै बहाना नगरी सुचना दिनुको बिकल्प नरहेको बताएका थिए । सूचना अभियन्ता दिपक आचार्य सहितले मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा कास्किस्थित विभिन्न कार्यालयका प्रमुख ,सूचना अधिकारी, सूचनाको हक सम्बन्धि अभियन्ता सहित सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।१८ गते बन्दिपुर गाउँ पालिकामा कार्यक्रम रहेको आयुक्त रत्नप्रसाद मैनालिले बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: