गुम्बा भत्काउने कार्य रोक्न पुरातत्व विभागको निर्देशन लगत्तै हेर्दै नहेरी भत्काउने पत्र

सराङकोट न्यूज
7 February, 2024 12:29 pm
Advertisements

पोखरा महानगरपालिका वडा नं. ३ मा रहेको धर्मशिला मार्गमा रहेको थेरवादी वुद्ध विहार नभत्काउन पुरातत्व विभागले पोखरा म.न.पा. ३ नं वडा कार्यालयलाई पत्राचार गरेको छ । उक्त विहार भत्काई नयाँ भवन बनाउने कार्य अघि सारेको विषयमा स्थानिय राजन श्रेष्ठले विभागमा पत्राचार गरी भत्काउने कार्य रोक्न माग गरेका थिए ।
पुरातत्व विभागले २०८० पुष ५ गते पोखरा महानगर पालिका वडा नं. ३ कार्यालय र वुद्ध विहार दायक सभा धर्मशिला मार्गका नाममा पत्र लेखि ऐतिहासिक एवम् अद्धितीय कलाकृति भएको गुम्बा भत्काउने कार्य तत्काल रोक्का राखी सो सम्बन्धमा भएको कार्यको जानकारी गराउन निर्देशन जारी गर्दै पत्राचार गरेको थियो ।
पुष ५ गतेको पत्र कार्यान्वयन नहुँदै धर्मशिला वुद्ध विहार धर्म दायक सभा र पोखरा महानगरपालिका वडा नं. ३ कार्यालयको अनुरोधमा पुरातत्व विभागले पुष २३ गते अर्को पत्र पठडाएर वुद्ध विहार भत्काएर स्वरुप नविग्रने गरी पुन निर्माण गर्ने सर्तमा स्वीकृति दिएको छ । हाल भइरहेको विहारको स्थलगत अवस्था नहेरिकन पुरातत्व विभागले भत्काउन र पुन निर्माण गर्न स्वीकृति दिइएको छ । विभागका क्यूरियो शाखा अधिकृत पुरुषोत्तम आचार्यले टेलिफोनमा भने “साविकको स्वरुपलाई परिवर्तन नगरी बनाउने बताएपछि निर्माणको लागि बाटो खुलाइदिएको हो । “बुद्ध विहार र स्थानिय जनप्रतिनिधिले लिखित आग्रह गरेकै भरमा पुरातत्व विभागले स्थलगत अवलोकन गर्दै नगरी भत्काउेन र पुननिर्माण गर्ने अनुमति दिएको प्रति धर्म दायक सभा भित्रैबाट असन्तुष्टि व्यक्त गरिएको छ । धर्म दायक सभाकै सह सचिव समेत रहेका जग्गा दाता परिवारका सदस्य निरज कायस्थले २०७२ को भुकम्पमा समेत नभत्किएको वुद्ध विहार सामान्य मर्मत बाट प्राचिन सभ्यता जोगाउन सकिनेमा भत्काउन खोजिएको प्रति विरोध जनाएका छन् ।
यस अघि स्थानिय राजन श्रेष्ठले पुरातत्व विभागमा उजुरी निवेदन दिएर प्राचिन र पुरातात्विक महत्वको वुद्ध विहार भत्काउने कार्य रोक्न माग गरेका थिए । श्रेष्ठको माग सम्बोधन गरी नभत्काउन निर्देशन गरेको पुरातत्व विभागले अध्ययन अवलोकन नै नगरी आफ्नो निर्णयबाट यू टर्न भई १८ दिनको अन्तरालमा वुद्ध विहार भत्काउने निर्णय स्वीकृति प्रदान गरिएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विवादित विषयमा पुरातत्व विभागले प्राविधिक अध्ययन गरी प्रतिवेदनको आधारमा निर्णय दिनु पर्ने थियो।
धर्मशिला वुद्ध विहार धर्म दायक सभाका अध्यक्ष श्याम शाक्यले पनि पुरातत्व विभागबाट स्थलगत अवलोकनका लागि कोही नआएको स्वीकारे शाक्यले भने “पुनरात्व विभागले पुरानै शैलीमा बनाउने सर्तमा स्वीकृति दिएर पत्राचार गरेको छ ।” वुद्ध विहार जिर्ण भइसरेको र मानविय क्षति नहोस् भने पुन निर्माण गर्न, आवश्यक रहेको अध्यक्ष शाक्यले दावी गरेका छन् ।
विवाद आइसकेपछि छानविन गरेर सत्य तथ्य प्रतिवेदनको आधारमा निर्णय लिनुपर्ने थियो तर नियामक निकायले एउटाले रोकि पाउँ भन्दा रोकिदिने अर्कोले खोली पाउँ भन्दा खोलिदिने गर्नुले वास्तविक समस्याको पहिचान भएको मान्न नसकिने जानकार हरु बताउँछन् । लगानीकर्ता र सहयोग दाताहरुले वास्तविकता पहिल्याएर मात्र सहयोग लगानी गर्नु पर्ने तर्फ वेलैमा सोचियो भने आउँदा दिनमा विवाद थपिने सम्भावना रहने थिएन कि ?

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: