सुचनाको हक राष्ट्रिय महासंघ सुदुर पश्चिम प्रदेश अध्यक्षमा जोशी । मुख्यमन्त्री शाह द्वारा उद्घाटन , प्रमुख आयुक्त गुरुङ द्वारा प्रशिक्षण

सराङकोट न्यूज
11 February, 2024 12:23 pm
Advertisements

धनगढी- सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको कमिटी चयन भएको छ। कमिटीको अध्यक्षमा पत्रकार पुष्पराज जोशी निर्वाचित भएका हुन्।

धनगढी १६ मा रहेको भादा होमस्टेको सभाहलमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट जोशीको नेतृत्वमा प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएकाे हो।

महासंघको उपाध्यक्षमा चन्द्रकान्त पनेरु र इन्द्रा दानपाली निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा निराजन परियार, सचिवमा मनिस बिक र सुशीला भट्ट, कोषाध्यक्षमा रसुता जैरु निर्वाचित भए ।
सदस्यहरुमा देवराज बडु, निरज धामी, इन्द्रा धामी,विवेक नागरी, एकेन्द्र चन्द, ईश्वर जैसी, र अर्जुन सिंह सर्वसम्मत निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमिति मध्य अन्य सदस्यहरुलाई कार्यसमितिले मनोनित गर्ने निर्णय भएको बताइएकाे छ ।

नवनिर्वाचित कार्यसमितिले नागरिकको सूचनाको हक प्रत्याभूति हुने गरेर काम गर्ने अध्यक्ष जोशीले बताए । उनले संविधानले सुरक्षित गरेको सूचनाको हक कार्यान्वयनका लागि अभियाननै सञ्चालन गरिने बताउँदै यो अभियान नागरिक केन्द्रित हुने बताए।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन्द, बरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारी गण्डकी प्रदेश अध्यक्ष यदुनाथ बन्जारा , बागमती प्रदेश अध्यक्ष गुलाब चौधरी लगायतकाे उपस्थितीमाअधिबेशन भएको
थियाे।
प्रदेश भेलाको उद्घाटन गर्दै सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले सुचनाकोहक कार्यान्वयनका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । सुचनाको हकराष्ट्रिय महासङले सुशासन र पारदर्शिताको क्षेत्रमा गरेको देश ब्यापी अभियान प्रती धन्यबाद ब्यक्त गर्दै सुदुर पश्चिम प्रदेशलाइ सुचनामैत्री नमुना प्रदेश बनाएर लैजान आफ्नो तर्फबाट सहयोग रहने बताएका थिए । कार्यक्रममा आन्तरिक मामिला मन्त्री सुदुर पश्चिम् प्रदेश सरकारका प्रमुख सचिब डाक्टर हरि लम्साल लागएतले कार्यक्रम आयोजना प्रती शुभकामना सहित धन्यवाद व्यक्त गरेका थिए । सुचनाको हकका लागि राष्ट्रिय महासङका अध्यक्ष उमिद बागचन्दले सुचनाको हक अभियानलाई शसक्त रुपमा देशब्यापी बनाइ भ्रस्टाचारको बिरुद्दमा जेहाद छोड्ने जिम्मेवारी काधमा आइ परेकोले इमान्दार रुपमा कार्यक्षेत्रमा खटिन आग्रह गरेका थिए
बिशेष अतिथि तथा राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले पेपर प्रेजेन्टेसन मार्फत सहभागीहरुलाइ प्रबोधिकरण गर्दै उठेका बिबिध जिज्ञासाहरुको बारेमा प्रस्ट्याएका थिए । अन्तरक्रिया कार्यक्रममा सुदुर पश्चिम प्रदेशका ९ जिल्लाका प्रतिनिधि तथा विभिन्न सार्बजनिक निकायका प्रतिनिधित्व रहेको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: