चौधरी छुटाउनेलाई कालापानी !

सराङकोट न्यूज
12 February, 2024 7:39 pm
Advertisements

सर्बोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा विनोद चौधरीको च्याम्पियन फुटवेयर कम्पनीका नाममा गरिएको गैरकानुनी नामसारीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान जारी राखेकै बेला जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप कर्मचारीले नरुचाउने जिल्ला कालापानी अर्थात दुर्गम मुगुमा काज सरुवा गरेका छन् । त्यहाँका न्यायाधीश रमाकान्त अधिकारीलाई भने यही मेसोमा सिन्धुली ल्याइएको छ । २५ गतेदेखि डडेलधुरालगायत सुदूर पश्चिमका जिल्ला अदालतको अनुगमन भ्रमण सकेर सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा राजधानी फर्कन समय लाग्ने र न्याय परिषद बैठक तत्काल बस्न नसक्ने हुँदा काठमाण्डौका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गत बुधबारको विवादास्पद आदेश पछि दुर्गम पठाइएको छ । प्रधान न्यायाधीशको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत स्वत : प्रमाणित भएको छ ।

उक्त जग्गा काण्डमा पक्राउ परेकाहरुलाई दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न आदेश दिइएपछि न्यायाधीश आचार्य विवादमा तानिएका थिए ।

उनै न्यायाधीशले यसअघि उमेर नपुगेकी युवती बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई अर्कै मुद्दाको ब्याख्या गरेर प्रहरी हिरासतबाट रिहा गराउन मार्ग प्रशस्त गरेका थिए । उनको पछिल्लो आदेशबारे न्यायिक छलफल गरेर थप कारबाहीको सिफारिस हुनसक्ने अनुमान छ । सर्बोच्च अदालतले डाडा कटाउदैमा उनको छानबिन तुहाउन नहुने न्याय बृतमा चर्चा चलेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: