राम निमाबी पोखराकी शिक्षिका बिन्दु गौतम अख्तियारको फन्दामा , नक्कली सर्टिफिकेट पेश गरि स्थायी जागिर !

सराङकोट न्यूज
16 February, 2024 8:40 pm
Advertisements

शिक्षक जस्तो पबित्र पेशालाइ बदनाम गराउन सरकारी शिक्षक स्वएम लाग्छन भने अरुको हालत के होला ? यस्तै भएको छ पोखराको एउटा सरकारी बिध्यालयमा ।पोखरा ८ सिर्जनाचोकमा रहेको राम निमाबिमा कार्यरत स्थायी शिक्षक बिन्दु गौतम शर्माले जागिर खादा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले गरेको छानबिन बाट खुल्न आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले जारी गरेको प्रेस बिज्ञप्तिमा जानाइए अनुसार शिक्षक गौतमले भारतको उत्तर प्रदेशको बोर्ड अफ हाइ स्कुलबाट उच्च माबी को नक्कली इन्टरमिडिएट र नक्कली एस एल सि सर्टिफिकेट पेश गरि अस्थायी तथा स्थायी जागिर खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै अख्तियारले बिशेष अदालत काठमाडौमा आरोप पत्र दायर गरेको छ । भ्रष्टाचार निबारण ऐन २०५९ को १६ (१) बमोजिम कसुर गरेकोले सोही ऐनको दफा १६ (१) बमोजिम सजाय माग दाबी सहित मुद्दा दायर गरिएको बिज्ञप्तिमा जनाइएको छ ।


सारकारी तलब खाइ शिक्षण सेवा गर्ने सामुदायीक बिध्यालयमा काम गर्ने शिक्षकबाटै अनैतिक र कानुन बिपरित कार्य हुन्छ भने बिध्यार्थिले कस्तो शिक्षा लेलान ? आफैले नेपालको शिक्षाको परीक्षा पास गर्न नसकी भारतीय नक्कली सर्टिफिकेट किनेर जागिर खान्छन भने त्यो भन्दा बिडम्बना अरु के हुन सक्छ ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: