८ जना वर्कसप संचालक प्रहरी फन्दामा

सराङकोट न्यूज
4 March, 2024 10:14 am
Advertisements

८ जना वर्कसप संचालक प्रहरी फन्दामा

स्वरुप परिवर्तन गर्ने , ध्वनी प्रदुषण फैल्याउने मोटरसाइकल लाई मात्र नभई त्यस्तो कार्य गर्ने पोखरका ८ वटा वर्कसपहरुका सम्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा भदौ २५ गते देखी स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्नेमा स्वरुप परिवर्तन गरेको भन्दै पक्राउ गरेको हो । उनिहरुलाइ अभद्र व्यबहार मुद्दामा म्याद थप गरिएको प्रहरीले बताएको छ ।

पछिल्लो ६ महिनाामा ६ सय ८१ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिएको र जरिवाना ७ लाख ४२ हजार ७ सय संकलन गरिएकोमा उक्त मोटरसाइकल स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न ८ जना वर्कसप संचालकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा

जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सृजना चोक स्थित रहेको 360 Motors नाम गरेको वर्कसपका संचालक वर्ष २५ का सुसिल भुजेल ।
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर स्थित रहेको Pokhara Customs नाम गरेको वर्कसपका संचालक वर्ष ३७ का सागर झाक्री ।
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर स्थित रहेको Boom Enfield service center का संचालक वर्ष २३ का मोहम्मद रुस्तम ।
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ नयाँबजार स्थित रहको Royal Enfield Showroom का संचालक वर्ष ३९ का सुक बहादुर गुरुङ ।
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १६ लामाचौर स्थित रहो Chaudhary Motorcycle Workshop का संचालक वर्ष ३२ का महेन्द्र चौधरी ।
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ११ रानिपौवा स्थित रहेको New Deep Jyoti Auto Parts का संचालक वर्ष २१ का मन्जर नासिम ।
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ मालेपाटन स्थित रहेको Classic Motorcycle का संचालक वर्ष ३६ का विनोद वि.क. ।
जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ११ रानिपौवा स्थित रहेको Dipak Workshop का संचालक वर्ष २९ का सन्दिप भगत ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: