पुर्ब मन्त्री कुमार खड्का द्वारा सरस्वती मन्दिरको उद्घाटन

सराङकोट न्यूज
16 March, 2024 6:12 pm
Advertisements

पोखरा १६ अमलाबिसौनिमा रहेको सरस्वती मन्दिरको उद्घाटन शनिबार सम्पन्न भएको छ ।नेपाल सरकारका पुर्ब क्याबिनेट मन्त्री तथा गन्डकी प्रदेशका भौतिक पुर्बाधार तथा यातायात मन्त्री कुमार खड्काले एक समारोहकाका बिच मन्दिरमा रहेको शिलापत्र अनाबरण गर्दै उद्घाटन गरेका हुन । अम्बिकाटोलमा रहेको अम्बिका भगवती मन्दिर र आत्माज्ञानको एकै पटक उद्घाटन गरिएको हो ।


मन्दिरहरुको उद्घाटन गर्दै प्रमुख अतिथि कुमार खड्काले सरकारले सहयोग गरेको भन्दा दुई गुना बडि रकम जनस्थरबाट सहयोग उठाइ बिकास निर्माणमा नागरिकले देखाएको एक्यवद्धता प्रती खुसी ब्यक्त गरे । धार्मिक आस्थाको धरोहरको बिकाश र सरक्षणमा जुट्न प्रमुख अतिथी खड्काले आग्रह गरे।
पोखरा १६ मा निर्माण तथा जिणोद्दार गरिएका ३ वटा मन्दिरमा गन्डकी प्रदेश सरकारका तत्कालीन भौतिक पुर्बाधार तथा यातायात मन्त्री कुमार खड्काबाट
५ लाख ५३ हजार ७४३ रुपैयाँ उपलब्ध भएको थियो भने जनसहभागिता बाट ११ लाख ६३२ रुपैयाँ गरि कुल १६ लाख ५४ हजार ३७५ रुपैयाँ सकलन भएकोमा १६ लाख ३ हजार ७९ रुपैयाँ खर्च भइ ५१ हजार २९६ रुपैयाँ बचत भएको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष राजु थापाले बताए । अम्बिका मन्दिरमा कुर्ची खरिदको रकम समेत यहि खर्चमा समाहित गरिएको आय ब्यय विवरणमा समेटिएको सचिब खगेन्द्र थापाले बताए।


उद्घाटन कार्यक्रममा सहयोग दाताहरुलाइ समाजसेवी कुमार श्रेस्ठ ,इन्द्र बहादुर बानिया ,वडा अध्यक्ष अमृत शर्मा , पुर्ब वडा अध्यक्ष जीवन प्रसाद आचार्य , अमलाबिसौनी धोबिनिपाटन टोल बिकाश समितिका पुर्ब अध्यक्ष होम बहादुर खड्का , नेपाल सरकारका पुर्ब प्रशासक बेनि बहादुर बस्नेतले प्रशंसा पत्र प्रदान गरेका थिए । दिपेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत होम बहादुर खड्का र सन्चालन उपाध्यक्ष पार्बती बस्नेतले गरेकी थिईन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: