पोखरा महानगरका १३० जना कर्मचारी स्थायी , सेवा गणना बारे अन्योल एथावत

सराङकोट न्यूज
18 March, 2024 11:14 pm
Advertisements

पोखरा महानगरपालिकामा लामो समय देखि कार्यरत १३० जना अस्थायी कर्मचारी आन्तरिक प्रतियोगिताबाट स्थायी भएका छन । २०६४ साल अगिबाट अस्थायी करार सेवामा कार्यरत विभिन्न तहका कर्मचारीहरु आन्तरिक परीक्षाको प्रक्रिया बाट स्थायी बन्न सफल भएका हुन ।
कर्मचारीले स्थायी नियुक्तिका लागि अदालत सम्म पुगेका थिए ।अदालतले प्रक्रिया पुर्याएर स्थायी गर्न महानगरलाइ निर्देशनात्मक आदेश दिएको थियो । अदालतले आदेश कार्यान्वयन नगरेको भन्दै सचेत गराएपछी महानगरले आन्तरिक परिक्षाको ब्यबस्थापन मिलाएको थियो ।परिक्षामा सहभागी भएकाहरूले न्युनतम पास अक ल्याएपछी सफल हुने गरि सहज ब्यबस्थापन मिलाएको थियो । परिक्षामा सहभागी भएका अधिकासले परीक्षा पास गरेका थिए ।
कर्मचारी अस्थायी करार बाट स्थायी भएपछी ६/६ महिनामा करार म्याद थप गर्ने झन्झट अन्त्य भएको छ तर स्थायी भएका कर्मचारीको सेवा गणना कहिले बाट हुने भन्ने बिषयको टुङ्गो लाग्न सकेको छैन । प्रशासन स्रोतका अनुसार अस्थायी अबधिलाइ स्थायीमा गणना गर्न नमिल्ने बताउछ । गर्न मिल्ने हो भने कानुनी आधार ल्याएर दाबी गर्ने दायित्व संबंधित कर्मचारीको हुने बताउछन । सेवा गणना कहिलेबाट हुने भन्ने बिषयमा एकिन नभएकोले प्रशासन र हालसालै स्थायी भएका कर्मचारी दुबै अन्योलमा रहेका छ्न । अस्थायी नियुक्तिको अबधी बाटै सेवा गणना हुने हो भने उपदानमा ठूलो रकम खर्च हुने छ । यता स्थायी भएको मितिबाट लागू हुने हो भने अब गरेको सेवाबाट उपदान लगाएतको सुबिधा कर्मचारीले पाउनेछन ।क

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: