चैत्र १० गते CDRC को दिक्षान्त समारोह हुने

सराङकोट न्यूज
21 March, 2024 9:51 pm
Advertisements

पुर्बी चितवनको लोकप्रिय मन्टेस्वरी बाल बिकाश तथा अन्वेषण केन्द्र (Child development and research center (CDRC Montessori) ले एक बृहद कार्यक्रमका बीच ६ ठौ दिक्षान्त समारोह आगामी चैत्र १० गते गर्ने भएको छ । माननीय हरि ढकालले दिक्षान्त समारोहको उद्घाटन गर्ने कार्यक्रम तय भएको मन्टेस्वरिका प्राचार्य लक्ष्मी थापा खरालले बताइन ।
मन्टेस्वरीले बाल मनोबैज्ञानिक शिक्षण पद्धति बाट कलिला बालबालिकाहरुलाई प्ले ग्रुप देखि यु के जि सम्मको पठनपाठन गर्दै आएको छ । यस दिक्षान्त समारोहमा यु के जिका १५ जमा नानी बाबुहरुलाइ बिध्यालय शिक्षाको लागि बिदाइ गर्ने कार्यक्रम रहेको सन्चालिका अन्जना थापा खरालले बताइन । मन्टेस्वरिमा १२० भन्दा बढी बाबू नानिहरुले सेवा लिइरहेका छन।
दिक्षान्त समारोहमा बाबू नानिहरुले विभिन्न सास्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने भएका छन । भोलिका कर्णधार आजका बालबालिकालाई सानै बाट सीप शिक्षा र सस्कार सिकाउदै लगिएको प्राचार्य लक्ष्मी थापा खरालले बताइन । आगामी दिनमा मन्टेस्वरिलाइ समय र युग सुहाउँदो शिक्षामा।अझै परिस्कृत बनाएर लैजाने नीति लिइएको प्राचार्य थापाले बताइन।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: