पोखराको स्वास्थ महाशाखा लेखनाथमा सारिदा सेवाग्राही मर्कामा

सराङकोट न्यूज
24 March, 2024 9:42 am
Advertisements

पोखरा महानगरपालिकाले स्वास्थ महाशाखा पोखरा २७ मा रहेको साबिकको लेखनाथ नगरपालिकाको भवनमा सारेको छ । हाल सम्म नयाँ सडकमा रहेको कार्यालय लेखनाथमा सारिदा सेवाग्राहिलाइ प्रत्यक्ष असर पर्ने भएको छ । महाशाखाले बिपन्न बिरामी उपचार सिफारिस र कडा रोग लागेको बिरामिले पाउने भत्ता बितरण सम्बन्धी सिफारिस गर्दै आएको थियो ।
महाशाखा लेखनाथमा सारिएपछी उपचाररत बिरामिहरुले सिफारिस कागज लेखनाथ बाट लिएर स्वीकृतिको लागि महानग कार्यालय न्युरोड आउनुपर्ने भएको छ । सिफारिस स्वास्थ महाशाखाले गर्ने तर स्वीकृतिको निर्णय मेयर , प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ महाशाखा प्रमुख रहेको समिती खोज्न सेवाग्राही महानगर आउनुपर्ने भएको छ ।
महाशाखा लाई अपाएक ठाउमा सारिएपछी बिपन्न बिरामिहरु र बिरामिका आफन्तहरु उपचारको हतारोमा भौतारिरहदा सिफारिस र स्वीकृतिको लागि लेखनाथ र पोखरा दौडिदैमा हैरानी हुने भन्दै कर्मचारी बृतमै असन्तुष्टि ब्यक्त गरिएको छ ।
स्वास्थ महाशाखा हेर्ने प्रमुख र शिक्षा महाशाखा हेर्ने प्रमुख हेम आचार्य एउटै ब्यक्ती भएको र ड्याम साइट कार्यालयमा बस्ने भएकोले कार्यालयको सेवा प्रबाहको नियमित निगरानीमा समेत तालमेल नमिल्ने देखिएको छ । महानगरले कार्यालय सार्दा सेवाग्राहीको बारेमा सोचेर गर्न नसकेको बुझिएको छ । एकै स्थानबाट प्रवाह हुने सेवा कार्यालयलाई लेखनाथबाट ब्यबस्थापन गर्न सके सकारात्मक सन्देश दिन सकिने थियो । यद्यपि कार्यालय आफ्नै भवनमा सार्दा महङ्गो भाडा रकम बच्न जाने छ

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: