मातृशिसु मितेरी अस्पतालमा न्युट्रास्युटिकल लेख्न प्रतिबन्ध

सराङकोट न्यूज
5 April, 2024 9:40 am
Advertisements

देश भरका सरकारी अस्पताल प्रशासनले न्युट्रास्युटिकल प्रेस्क्राइब गर्न प्रतिबन्ध लगाएको छ । पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानले गत हप्ता बाट आफ्नो अस्पतालमा कार्यरत चिकित्सकहरुलाइ न्युट्रास्युटिकल सिफारिस गर्न प्रतिबन्ध लगाएको थियो । त्यसको लगत्तै गण्डकी प्रदेश मातहतको जिल्ला अस्पताल मातृशिशु मितेरी अस्पताल पोखरा १६ बाटुलेचौरले चैत्र १८ गते एक सुचना प्रकाशन गर्दै आफ्ना चिकित्सक र स्वास्स्थ्यकर्मिहरुलाइ न्युट्रास्युटिकल सिफारिस नगर्न चेतावनी दिएको छ ।सुचनामा भनिएको छ न्युट्रास्युटिकल (फुड सप्लिमेन्ट ) बिरामिहरुका लागि नलेख्न र लेखेको पाइएमा आवश्यक कार्बाहिको लागि संबंधित निकायमा सिफारिस गरिने छ ।
मितेरी अस्पतालमा कार्यरत चिकित्सकहरुको लागि सुचना जारी भएपछी बिरामिको पक्षमा सकारात्मक सन्देश दिएको छ । भारतको खुल्ला सिमानाबाट नेपाल भित्रिने ट्याब्लेट र क्याप्सुलको स्वरुपमा आउने खाध्य्पुरक सामग्रीको मुल्री मनोमानी हुने गरेको छ । आफुखुसी महङ्गो मुल्य हान्ने र सर्बसाधारण बाट उठाएको महङ्गो मूल्य चिकित्सकले कमिसनको रुपमा बितरण हुने भएको छ ।
अस्पतालमा कार्यरत चिकित्सकहरुले प्रेस्क्राइब गर्ने र महङ्गो कमिसन हसुर्दै आएको थियो। सराङ्कोटले न्युट्रास्युटिकल बिरुद्दमा लामो अभियान चलाउदै आएपछी कमिसन प्रेमी चिकित्सकहरुको मुटुमा ढ्याङ्रो ठोकेको छ । सरकारी अस्पतालमा न्युट्रास्युटिकल्स लेख्न प्रतिबन्ध लगाएपछी बजारमा यसको बिक्रो ह्वात्यै घटेको छ ।भने सर्बसाधारण् बिरामिहरुलो लागि राहत पुगेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: