गण्डकी बोर्डिङ ब्यबस्थापन समितिमा ३ जना सदस्य चयन, दलिय भागबन्डाको आरोप

सराङकोट न्यूज
9 April, 2024 9:36 pm
Advertisements

पोखराको गन्डकी बोर्डिङ स्कुलमा सोमबार बसेको ब्यबस्थापन समितिले ३ जना नयाँ सदस्य मनोनित गरेको छ । अघिल्लो समितिमा रहेका बि ब्य स सदस्यहरु डा पबिन थापा ,डा पुजन शर्मा र डा रबिन्द्र प्रसाद श्रेष्ठको २ बर्ष म्याद सकिएपछि उक्त स्थानमा कमल श्रेस्ठ , मदन बहादुर के सी र बिमला भन्डारीलाइ सदस्यमा मनोनीत गरिएको छ ।
सार्बजनिक गूठी अन्तरगत सन्चालित गन्डकी बोर्डिङ स्कुल ब्यबस्थापन समितिको अध्यक्षमा शिक्षा मन्त्रालयका सह सचिब रहने प्राबधान छ हाल सह सचिब केशव दहाल अध्यक्ष पदमा रहेका छन । अरु पदेन सदस्यहरुमा कास्किका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे ,शिक्षा बिकाश तथा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्य ,पोखरा शिक्षा महाशाखाका प्रमुख हेम आचार्य रहेका छन । अभिभावकको तर्फबाट प्रतिनिधित्व हुने सदस्यहरु अभिभावकको भेला नगराइ राय सुझाव समेत नलिइ मनोनीत गरिने गण्डकी बोर्डिङ्को नीति रहिआएको छ ।
सोमबारको बैठकले शिक्षक तथा कर्मचारी नियुक्तिसम्बन्धी मापदण्ड र प्राचार्य नियुक्तिको कार्यबिधी स्वीकृत गरेको बताइएको छ । प्राचार्य नियुक्ति सम्बन्धि कार्यबिधी पारित भएपछी यहि कार्यबिधी बमोजिम नया प्राचार्य चयन गरिने छ । हाल बहालरत प्राचार्य बिरेन्द्र खड्काको २०८१ जेठ ५ गते बाट पदाबधी सकिदै छ ।
थपिएका नयाँ सदस्य सहितको बिध्यालय ब्यबस्थापन समितिले नयाँ प्राचार्य नियुक्ति गरि गण्डकी बोर्डिङको बिबादास्पद स्वरुपलाइ अन्त्य गरि गति दिने अपेक्षा गरिएको छ । प्राचार्य खड्काको कार्यकालमा गन्डकी बोर्डिङ स्कुल विभिन्न बिबादको भुमरीमा फस्न पुगेको थियो । परिक्षाको मर्यादा उल्लंघन देखि अनुमती बिना रुख फडानि गरि बिक्रि गरेको देखि पुरानो सरकारी गाडी ल्याइ मर्मतको नाममा लाखौ रुपैयाँ खर्च देखाएको बिषय छताछुल्ल भएको थियो ।
उनको बिबादास्पद कार्यबाट ब्यबस्थापन समिती र अधिकास स्थानिय बुद्दिजिबिहरु आजित भएका मात्र होइन गौरबशाली शैक्षिक इतिहास बोकेको गण्डकी बोर्डिङ स्कुलको भविस्यमाथी प्रश्न उब्जिएको छ । यद्यपि उनी एक कार्यकाल दोहोरिने प्रयासमा लागेको पनि चर्चा चलेको बिषय पुरानै हो । शिक्षा मन्त्री सुमना श्रेस्ठ सम्म गण्डकी बोर्डिङ्को बिबादको चुरो कुरो पुगेकोले उनको दोहोरिने इच्छा पूरा हुन सक्ने देखिदैन ।
बन फडानी मुद्दा मोड्ने प्रपन्च
प्राचार्य खड्का नियुक्ति भएको मिति२०७६ जेष्ठ बाटै रुख फडानी सुरु भएको थियो । बन कार्यालयबाट अनुमती नलिइ ढालिएका करिब ८० वटा हरिया रुखहरुको गिन्डा टिम्मरहरु ३ लाख ५० हजारमा बाहिर बिक्रि गरिएको थियो ।हाल आएर त्यो मुद्दा ब्युतिएको छ । अब कसरी जोगिने भन्ने बिषयमा एस एम टि को पुरानो निर्णयलाइ देखाउन खोजिएको छ । जबकी त्यो निर्णयबाट करिब ६० हजार मात्रैको दाउरा बेचिएको थियो । हाल उक्त मुद्दा छानबिन सकेर सरकारी वकिल कार्यालय पुगेको छ फाइल ।राय कस्तो आउला भन्न सकिन्न ।आफ्नै बारिका ३ वटा उतिसका रुख काट्नेले बन मुद्दा खेपेको समाचार लेख्ने यिनै हात हुन बिश्वास गरौ कानुन एउटै हो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: