एक्याप चेकपोस्टको ताला खुल्यो

सराङकोट न्यूज
18 April, 2024 9:37 pm
Advertisements

गएको चैत्र १२ गते स्थानीय मजदुर र ब्यबसायिले एक्यापको माछापुच्छ्रे २ सार्दिखोलामा रहेको चेकपोस्टमा ताला लगाए । खासगरी ३ सुत्रीय माग राखेर ताला लगाइएको लिखित नोट पत्रकारहरुलाइ थमाएका थिय ।

३ हप्ता पछि बैशाख २ गते आएर ताला खुल्यो । स्थानिय व्यावसायि र स्वरोजगार मजदुरले राखेको माग पूरा गर्ने सहमती भएको भन्दै ताला खोल्न सहमती जनाएका थिए ।ताला खोल्दा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ , एक्याप मुख्यालय हरियोखर्कका आयोजना प्रमुख डा रबिन कडरिया , माछापुच्छ्रे गापा २ का वडा अध्यक्ष गणेश अचार्यको रोहबरमा व्यावसायिहरुले ताला खोलिदिएका थिए ।
स्थानिय व्यावसायिलाई एक्यापले दुख दिने नियतले ट्रक ट्रीपर पकाउ गरि ४ महिना सम्म थुनामा राखेको , सिएमसी को गतिविधि स्थानिय बिरोधी भएकोले खारेजिको माग गरिएको , आफुहरुसङ्ग पैसा लिइएको तर काम गर्न नदिइएकोले फिर्ता हुनुपर्ने लगाएतका माग राखेका थिए । सम्बन्धित निकायले माग सम्बोधन गरेको जनाउँदै ताला खोलिएको स्वरोजगार ब्यबसायी श्याम ताम्राकारले बताएका छन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: