गण्डकी बोर्डिङका प्राचार्य खड्का सहित ८ बिरुद्ध बन मुद्दा दायर , स्कुलको कोषबाट आरोपितको धरौटी तिरियो ।

सराङकोट न्यूज
20 April, 2024 5:31 pm
Advertisements

सार्बजनिक शैक्षिक गूठी मातहत संचालित पोखराको गण्डकी बोर्डिङ स्कुलका प्राचार्य बिरेन्द्र खड्का लगाएत ८ जना बिरुद्द कास्की जिल्ला अदालतमा बन मुद्दा दायर भएको छ । डिभिजन बन कार्यालय कास्किले लामो अनुसन्धान पछि सरकारी वकिल कार्यालयमा फाइल पेश गरेकोमा वकिल कार्यालयले अभियोजन तयार पारी गत मङ्गलबार कास्की जिल्ला अदालत पेश गरेको थियो । सोही दिन जिल्ला अदालत कास्किमा भएको थुनछेक बहसमा अदालत उपस्थित गराइएका बोर्डिङका प्राचार्य बिरेन्द्र खड्का र प्रशासकीय अधिकृत लोक बहादुर थापालाइ २५-२५ हजार धरौटी लिइ रिहा गरिएको छ ।
बन ऐन २०७६ को दफा ४९ (घ) अनुसार कसुर गरेको भन्दै ३ लाख ७९ हजार ४ सय रुपैयाँ बिगो तिराइ आरोपी ८ जना लाई १०-१० हजार रुपैयाँ जरिवाना र ६-६ महिना कैद सजायको माग गरि मुद्दा दायर भएको डिभिजन बन कार्यालय कास्किका सुचना अधिकारीद्वारा शुक्रबार जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।
आरोपीहरुले बन नियमावली २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी बिध्यालय परिसरमा रहेका सिसौ लगाएतका २५ वटा रुख कटान मुछान गरि बाहिर समिलमा बिक्री गरेको अनुसन्धानमा खुलेको बताइएको छ तर बोर्डिङका प्राचार्यले सिनियर मेनेजमेन्ट टिमको निर्णयको हवाला दिदै ६० हजारको दाउरा बिक्रि गरेको कागज पेश गरेका थिय । बन कार्यालयका अनुसन्धान अधिकृतले त्यो दाबिलाइ अमान्य घोषित गरि ३ लाख ७९ हजार ४ सय बिगो देखाएका छन । अनुसन्धानको तथ्यांकलाई आधार मान्ने हो भने गण्डकी बोर्डिङ स्कुलले दाउरा बिक्रि गर्दा कम मूल्य आय देखाइ भ्रष्टाचार गरेको हुन सक्ने तर्फ अख्तियारले छुट्टै अनुसन्धान गर्नुपर्ने अबस्था सृजना गराएको छ ।


२०७६ सालको एस एम टि को निर्णय अनुसन्धान अधिकृतलाइ देखाएपनी २०७७ र ७८ सालमा सिसौ चाप सिमलका रुख गैरकानुनी ढङ्गले काटेका थिए । त्यो कटानी कान्ड ढाकछोप गर्न दाउरा र जर्ना काट्ने निर्णय देखाएका थिए पछि बनले अनुसन्धान गर्दा ठूलो मात्रामा हरिया रुखका फेद फेला परे पछि बिगोको मुल्यांकन बडेको छ । डिभिजन बन कार्यालयले जारी गरेको बिज्ञप्तिमा सिसौ सल्ला लगाएतको २५ वटा रुख बिना इजाजत हटाएको उल्लेख गरि सोही बमोजोमको बिगो काएम गरेको छ तर गन्डकी बोर्डिङले चाप, सिमल, सिसौ र सल्लाको रुख काटि बिक्री गरिएको बिस्वस्त स्रोत र प्राप्त प्रमाणले जनाएको छ ।
केही महिना अघि तत्कालीन शिक्षा मन्त्री अशोक राइ गण्डकी बोर्डिङमा आउनु केही दिन अघि डोजर लगाइ काटिएका रुखका जरा उखेली स्कुल पछाडी लागि केही खाल्डो खनी पुरिरेको र केही बाहिरै रहेको बुझिन आएको छ । छानबिन हुने गन्ध पाएपछि बोर्डिङ प्रशासनले प्रमाण नस्ट गरेको फेद उखेल्ने कान्डले पुष्टि गर्दछ । बनले गरेको अनुसन्धान अपेक्षाकृत कमजोर गरिएको प्रतक्षदर्शि स्रोतको दाबी रहेको छ ।
मङ्गलबार दाएर मुद्दामा आरोपित ८ मध्य ६ जना फरार सुचिमा रहेकाछन । अदालतको सम्पर्कमा नआएकाहरुमा गण्डकी बोर्डिङ स्कुल सिनियर म्यानेजमेन्ट टिममा आबद्द रहेका पोखरा १६ का सोनि गुरुङ्ग थापा, कृष्ण बहादुर थापा ,कृष्ण प्रसाद अधिकारी , सन्त बहादुर बिक ,
पोखरा २९ बस्ने राम प्रसाद लामिछाने र तनहुँ बस्ने यज्ञराज शर्मा रहेका छन । अदालतले उनिहरुलाइ म्याद तामेल गराइ उपस्थित गराइ मुद्दाको पुर्पक्ष गर्नेछ ।


५ बर्षे कार्यकालमा बिबादै बिबादको डङ्गुरमा बिताएका प्राचार्य बिरेन्द्र खड्काको अबधि जेस्ठ ५ गते बाट सकिदै छ तर पनि दोहोरिने खेलमा लागेका खड्कालाइ बन मुद्दा लाग्नुले थप सकट पारेको छ । यतिखेर उनको चौतर्फी आलोचना छ । ब्यबस्थापन समितिको आउदो बैठकले प्राचार्यको बिज्ञापन खोलिने शिक्षा बिकास तथा समन्वय इकाइ कास्किका प्रमुखले बताएका छ्न । एउटै प्रकृतिको बिध्यालय बुढानिलकण्ठ बोर्डिङको मात्र चर्चा गरिरहने शिक्षा मन्त्रीले गण्डकी बोर्डिङलाइ उपेक्षा गरेको देखिएको भन्दै आलोचना भैरहेको बेला गण्डकी बोर्डिङ बि ब्य स अध्यक्ष शिक्षा मन्त्रालयका सह सचिब केशब कुमार दहालले कस्तो कदम चाल्ने हुन त्यो भने केही दिनमा थाहा हुने भएको छ ।

गल्ती गर्ने ब्यक्ति धरौटी तिर्ने सस्था !!

गण्डकी बोर्डिङका प्राचार्यले कानुन मुठ्ठीमा लिएर बिध्यालय परिसरको रुख फडानी गरे । समिलमा लगेर गोलाइ बेचे ।यी सबै काम बन कार्यालयको बिना अनुमती गरे ।पाप धुरिबाट कराउछ भने जस्तै ढिलो गरि डिभिजन बन कार्यालय कास्किले छानबिन गर्यो । छानबिनले मुद्दा चलाउनु पर्ने निश्कर्ष निकाल्यो । जिल्ला अदालतमा बन मुद्दा दर्ता भयो । थुनछेक बहस हुदा प्राचार्य बिरेन्द्र खड्का र प्रशासकीय अधिकृत लोक बहादुर थापा सङ्ग २५-२५ हजार धरौटी माग भयो । चालकलाई पठाएर बोर्डिङको लेखा शाखाबाट ५० हजार रुपैयाँ ल्याइ धरौटी तिरेर दुबै जना धरौटी पुर्पक्षमा छुटे ।


यस्तो कार्य कहि कतै भएको पाइदैन । उक्त प्रकरणमा ब्यक्तिलाइ मुद्दा चलाइएको हो सस्थालाइ होइन ।तर सस्थाको कोषमा रहेको पैसा निकालेर धरौटी तिर्ने काम भएको छ ।अधिबक्ता बि बि बिस्ट भन्छन् त्यो धरौटी आरोपी ब्यक्ती स्वएमले तिर्नु पर्ने हुन्छ । बिध्यालयका कर्मचारीले गल्ती गर्ने तर क्षती बिध्यालयलाइ पुर्याउन नपाइने अधिबक्ता बिस्टले प्रस्ट पारे ।

हुन पनि हो कर्मचारीले गरेको गल्तिको भारी कार्यालयलाई बोकाउने हो भने अख्तियारले चलाएका भ्रष्टाचार मुद्दा , अदालतले चलाएका ठगी लगाएतका मुद्दाका प्रतिबादी कर्मचारीले तिर्ने धरौटी र जरिवानामा राज्यको अरबौ बजेट स्वहा हुने थियो नै ।तर ती मुद्दाहरूको धरौटी र जरिवाना आरोपित प्रतिबादिले तिर्ने गरेका छ्न गण्डकी बोर्डिङमा जस्तो कर्मचारीले गरेको गल्तिको भारी सस्थाको कोषबाट तिराइन्न्न । अहिले २ जनाले धरौटी तिरेका छ्न बाकी रहेका ६ जनाको हकमा के गर्लान् ? बोर्डिङको कोषको पैसाबाट तिराउछन कि अन्य कार्यालय निकायमा जस्तै संबंधित आरोपित ब्यक्तिले तिर्छन त्यो भने हेर्न बाकी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: