प्रहरीको मौनता रहस्यमयी सडक आयोजनाको नाममा रोडा बालुवाको तस्करी

सराङकोट न्यूज
23 April, 2024 9:17 pm
Advertisements

टुडिखेल देखि याम्दी सम्म निर्मामाधिन सडक महिनौं देखि अलपत्र रहेको छ ।योजनाको भौतिक प्रगती न्यून रहेको देखिन्छ ।भौतिक प्रगति न्यून देखिएपनी ठेकेदारको आयमा राम्रै प्रगती हुने गरेको खुलेको छ ।
प्रकृतिक स्रोत सेतो सुन जस्तै बस्तु हो । किन्न नपर्ने खोर्से पछि नोटका बिटै बिटा आको आइ । हो टुडिखेल याम्दी सडक पुस्पलाल मध्यपहाडी राजमार्गको एउटा पाटो हो ।राष्ट्रिय गौरबको योजना भएकोले ठेकेदार कम्पनिले राज्यबाट निर्माण सामाग्री उत्पादन प्रसोधन र खपतमा छुट पाउने गर्छ । त्यो छुट निर्माण कार्य सहजताको लागि हो बिक्रीवितरण गर्न होइन । तर उक्त सडका योजनाको लागि दिइएको क्रसर उध्योगलाई गलत प्रयोजन गर्ने गरेको पाइएको छ । सडक निर्माण कार्य भित्तो भत्काउनमै ब्यस्त छ ।तर त्यही मौकामा याम्दी पुल छेउमा रहेको क्रसर उद्योग बाट ग्रेबल प्रसोधन गरि धमाधम खुल्ला बजारमा बिक्रीवितरण गर्ने गरेको धन्दा स्थानियले रङ्गेहात पक्रेका छन ।


ठूलो ट्रीपरमा लोड गरेर बगर तर्फ गैरहदा स्थानियले ट्रक नियन्त्रणमा लिएर प्रहरी र पत्रकारलाइ बुझाएका थिय ।याम्दिको माल उत्पादन भएपनी बिल भने फुलबारीको एक कन्स्ट्रक्सन कम्पनिको काटेको जनप्रतिनिधि रामजी पौडेलले बताए ।तर जौबारीको प्रहरी पोस्टले माल एकातिरको बिल अर्को तिरको लिइ हिड्दा पनि प्रहरीले चुपचाप छाप लगाइदिएर अबैध माल बस्तु ओसारपसार लाई बैध बनाउदै आएको पाइन्छ यो एउटा रहस्यमय बिषय हो ।
बाटो किन ढिला बनाइयो ? भन्ने रहस्य बल्ल उजागर भएको छ । रोडमा क्रसरको माल बस्तु हाल्ने बिछ्याउने कामै सुरु भएको छैन तर क्रसर दनादन चलेको छ र माल बस्तु निर्बाध निकाशो पैठारी हुँदै आएको छ । जौबारिको प्रहरीलाई राम्रो हेक्का हुनुपर्छ कि याम्दिको बालुवा गिट्टीको बिल फुलबारीमा रहेको कम्पनिको नामबाट कसरी बन्यो ? हामिले सोधपुछ गरेका थियौ कि बिल किन निगरानी गरिएन ? त्यहा कार्यरत एकजना प्रहरी हल्दारले भने कहाको बिल ल्याउछन थाहै हुन्न । बिलमा ठेगाना हुन्छ माल कहाँ लाने हो उल्लेख हुन्छ कहाँ उत्पादन हुन्छ क्लियर हुन्छ तर जौबारीका प्रहरीलाई केही थाहा हुन्न क्या रहस्यमय छ यो तर्क ।

यो गिट्टी बालुवा तस्करी कान्डके हो ? त्यो गुलियो चास्निमा को को डुबेका छन ? महानगर र कास्की प्रहरिले राम्रो सङ्ग अनुसन्धान गर्नु आवश्यक देखिन्छ ।करोडौको धन्दा हुन सक्छ त्यो खोजी हुनुपर्छ ।सियो छिरे जसरी कसरी छिर्यो तस्करीका ट्रक कुरो गम्भीर रहस्यमयी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: