लालिगुरास एसोसिएसन क्लबको आयोजनामा खुल्ला रक्तदानमा १०२ पोका रगत सकलन।

सराङकोट न्यूज
28 April, 2024 11:05 pm
Advertisements

लालिगुरास एसोसिएसन क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्नभएको छ ।शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा १०२ पोका रक्तदान भएको कार्यक्रमका सयोजक इस्वर बस्यालले बताएका छन ।


गण्डकी प्रदेश सासद सरस्वती गुरुङ्ले पहिलो रक्तदाता लाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको सुभारम्भ गरिएको थियो । क्लबका युवाहरूको असल प्रयासले रक्तदान जस्तो पबित्र कार्य भएकोमा माननीय गुरुङले आयोजक र रक्तदाता प्रती आभार सहित धन्यबाद ब्यक्त गरेकी थिइन । कार्यक्रममा पोखरा १३ नम्बर वडाका अध्यक्ष किरण बरालले रक्तदाताहरुलाइ बधाइ एबम आयोजक क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए ।

क्लबका अध्यक्ष डम्बर जङ गुरुङले क्लब स्थापनाको १२ औ बर्ष प्रबेशको अबसरमा सामाजिक उत्तरदायित्व स्वरुप मानबिय सेवा भाबले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । क्लबले विभिन्न सामाजिक गतिबिधिलाइ उच्च प्राथमिकता दिएको बताउँदै आगामी बर्षहरुमा थप कार्यक्रम ल्याइने अध्यक्ष गुरुङले बताए । खुल्ला रक्तदान कार्यक्रमका सन्चालन सयोजन क्लबका सचिब इस्वर बस्यालले गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: