राष्ट्रपति पौडेलद्वारा उत्कृष्ट अभियन्ता पुरस्कार प्रदान

सराङकोट न्यूज
9 May, 2024 11:58 pm
Advertisements

पारिजात खराल
पोखरा

राष्ट्रिय सूचना आयोगले राष्ट्रपति भवनमा बैशाख २२ आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ जना सूचनाको हकका अभियन्ता, ५ जना सूचना अधिकारी र ४ जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छ्न । पुरस्कार पाउनेहरूमा परशुराम साह सिराह, यदुनाथ बन्जारा पोखरा कास्की, इन्द्रप्रसाद (रमेश) बन्जारा हेटौडा मकवानपुर, आदित्य दाहाल मेलम्ची सिन्धुपाल्चोक रहेका छन। यसै गरी पुरस्कार पाउने सूचना अधिकारीहरूमा ललित बहादुर बुढा पञ्चदेवल नगरपालिका अछाम, किशोर कुमार वाइवा, घ्याङलेख गाउँपालिका सिन्धुली, तुलबहादुर बिक गल्कोट नगरपालिका बाग्लु·, टेकबहादुर खत्री दंगीशरण गाउँपालिका दाङ र डम्बर रोगु धनकुटा नगरपालिका धनकुटा रहेका छन।
यसै गरी राष्ट्रिय सूचना आयोगबाट उत्कृष्ट कार्य गरेका पुरस्कार पाउने कर्मचारीहरूमा शाखा अधिकृत हरिहर कार्की, नायव सुब्बा शान्ता न्यौपाने, लेखापाल लक्षमण अर्याल र कम्प्युटर अपरेटर गौरव गुरू· रहेका छन । समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही वनाउन, वेथिति अन्त्य गर्न, सुशासन कायम गर्न, जनतामा सेवा प्रवाह अभिवृद्धि गर्न सूचनाको हक महत्वपुर्ण रहेको बताए । त्यस्तै लोकतन्त्रप्रति जनताको भरोसाको विश्वास जागृत गराउन सूचनाको हक महत्वपुर्ण औजार हो भन्नु हुँदै आयोग स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु गरेका थिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आयोग स्थापना दिवसको अवसरमा कार्यक्रममा सहभागिहरुलाई शुभकामना दिँदै आयोगको अहिले सम्मको भूमिकाका बारेमा आफूहरु सन्तुष्ट रहेको, सूचनाको हक जनतालाई र लोकतन्त्रलाई बलियो बनाउनु रहेकोले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनु पर्ने कुरामा जोड दिएकी थिइन । सूचनाको हक सम्बन्धी ऐनले व्यवस्था गरेका कुराहरुलाई कार्यान्वयनमा ल्याउन सरकार सचेत र प्रयत्नशील रहेको समेत मन्त्री शर्माले बताइन । सूचनाको हक सम्बन्धमा जनस्तर र सरोकारवाला सम्बद्ध निकायबाट उठेका आवाजहरुलाई सरकारले ध्यानपूर्वक लिएको र आम संचार जगतले पनि सरकाले सेवाप्रवाह गरेका विषय र कानूनी व्यवस्थालाई आमजनस्तरमा पु¥याउनु पनि जरुरी भएको प्रस्ट्याइन ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद वागचन्दले आयोगको १७औं स्थापना दिवसको अवसरमा मन्तव्य राख्ने क्रममा अझै पनि सार्वजनिक निकाय र सूचना अधिकारीहरु सूचना दिन किन आनाकानी गर्ने गरेका छन भन्दै प्रत्येक नागरिकले सूचना माग्ने र सार्वजनिक निकायहरुले पनि मागेको सूचना सहज रुपमा दिने अभ्यासको सही कार्यान्वयन भएको दिन महासंघ र सूचना आयोगको उद्देश्य पुरा हुने बताए । यस दिवसका अवसरमा सरकार र सूचना आयोग सूचनाको हकको लागि सशक्त भूमिका खेल्न सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्थापना दिवसको अवसरमा सवैलाई शुभकामना दिदंै राष्ट्रिय सूचना आयोगको संस्थागत सवलीकरणका लागि आयोगलाई संबैधानिक हैसियत प्राप्त हुनु पर्ने भनाइ राखेका थिए ।कार्यक्रममा सहभागिहरुलाई राष्ट्रिय सूचना आयोगका सचिव होम प्रसाद लुईंटेलले स्वागत मन्तव्य राख्दै सूचनाको हकको सही प्रयोगबाट पारदर्शीता कायम हुने, भ्रष्टाचारमा कमी आउने र सुशासन कायम हुने बताउँदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले स्थापना दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको समूपस्थितिले आयोग गौरन्वान्वित भएको, सूचनाको हक कार्यान्वयनमा आयोग आफ्नोे स्रोत साधनले भ्याए सम्म क्रियाशिल भएर लागि परेको जानकारी गराएका थिए । त्यस्तै आयोगले हरेक वर्ष झै यसवर्ष पनि सूचनाको हकका अभियन्ता, सूचना अधिकारीहरु र आयोगमा रही उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरेको वताए । आयोगको यस स्थापना दिवसको अवसरमा उपस्थित हुनु हुने सवै प्रति हार्दिक आभार समेत व्यक्त गर्दै आगामी दिनहरुमा सुचनाको हक कार्यान्वयनमा प्रभाबकारि कार्यक्रम ल्याइने बताए ।

 

सम्पादक बन्जारा राष्ट्रपतिद्वारा पुरस्कृत


राष्ट्रिय सूचना आयोगको १७ औ स्थापना दिवसको अबसरमा देशभरबाट ४ जना सुचना अभियन्तालाइ आयोगले पुरस्कृत गरेको छ । यसै क्रममा पोखराबाट प्रकाशित सराङ्कोट साप्ताहिकका सम्पादक यदुनाथ बन्जारालाइ उत्कृष्ट सुचना अभियन्ताबाट राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहका बीच सम्मानिय राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका थिए। बिशेष अतिथि सन्चार तथा सुचना प्रबिधी मन्त्री रेखा शर्माले माला अर्पण गरेकी थिइन, सिराहाका पर्शुराम शाह, हेटौंडा का पत्रकार इन्द्र प्रसाद (रमेश) बन्जारा र सिन्धुपाल्चोकका पत्रकार आदित्य दहाल राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन ।
आयोगले राष्ट्रपती भवन सितलनिवासमा आयोजना गरेका १७ औ स्थापना दिवस विशेष समारोहमा पुरस्कृत अभियन्ता यदुनाथ बन्जारा पोखराबाट प्रकाशित सराङकोट साप्ताहिक पत्रीकाका सम्पादक, रिपोर्टर तथा पत्रकार महासंघ गन्डकिका सचिब हुन, तथा सुचनाको हक राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष रहेका छन । उनी बिगत १ दशक बाट सुचनाको हक कार्यान्वयनमा सकृय रहदै आएका छ्न।
राष्ट्रिय सुचना आयोगले प्रत्येक बर्षमा प्रदान गर्दै आएको उत्कृष्ट सुचना अभियन्ता सम्मानको लागि आयोगले एक कार्यबिधी बनाइ प्रतिभा छनोटको लागि मुल्यांकन तथा छनोट सिफारिस समिती बनाइ सिफारिस गर्ने पद्धतिको बिकाश गरेको छ । सुचना माग संख्यात्मक होइन गुणात्मक र परिणाममुखी हुनुपर्ने कार्यबिधिमा उल्लेख छ। ५ जना सम्मानित हुने प्राबधान भएपनि प्रक्रिया र मापदण्ड पूरा नभएको भन्दै ४ जना मात्रै उत्कृष्ट सुचना अभियन्ता छनोट भएका छ्न ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: