सम्पादकीय – पत्रकार शुद्धिकरण र अधिबेशनको मुद्दा पेचिलो बन्दै

सराङकोट न्यूज
15 May, 2024 10:27 pm
Advertisements

पत्रकार महासङले केन्द्रिय महाधिवेशन आगाजेस्ट २६ गतेलाइ तोकेको छ । बैशाख २१ गते काठमाडौमा महासङले साधारणसभा गरि २७ औ महाधिवेशनको सुरुआत गरेको छ । २०८० चैत्र २५ गते बैधानिक अबधी सम्पन्न गरेको पत्रकार महासङले २ महिना ढिला गरि महाधिवेशनको घोषणा गरेको छ ।
पत्रकारहरु समाजको आखा हो ।।पत्रकार महासङले समाजको रोलमोडल बन्नु पर्छ ।आफैले ढिलासुस्ती गर्ने , बिधान उल्लंघन गर्नुले राम्रो सन्देश दिन सक्दैन ।आफ्नो पदाबधी भित्रै गर्नुपर्ने दायित्व पूरा गर्नुपर्दछ तब मात्र अरुको दायित्व र कर्तब्यमाथि प्रश्न उठाउन हैसियत राखिन्छ ।
२०७९ मा सुर्खेत साधारणसभाले महास्ङलाइ पत्रकार शुद्धिकरण गर्ने म्यान्डेट दिएको थियो । १५ बुदे मापदण्डअनुसार जिल्ला र प्रदेशलाई पत्रकार शुद्धिकरण गर्न निर्देशन दिइयो । केन्द्रले दिएको निर्देशन जति नै आलोचनात्मक भएपनी असहजताका बाब्जुद जिल्ला र केन्द्रले पत्रकार शुद्धिकरण कार्यलाइ अगि बडाएर केन्द्रमा पठाइएको थियो ।
केन्द्रले महिनौ सम्म सदस्यता अनुमोदन गर्न सकेन अझै सम्म निर्क्योल गर्न सकेको छैन यद्यपि निर्बक्चन मिति घोषणा गरेको छ । यो सरासर बिधान बिरोधी कदम हुने भन्दै महाधिवेशनको बन्दसत्रमा घोर असहमति ब्यक्त भएको थियो । तरपनी निर्बाचन मिति आगामी जेष्ठ २६ गतेलाइ तोकिएको छ ।
पत्रकार शुद्धिकरण मुद्दालाई पेचिलो बनाइएको छ । सुर्खेत साधारणसभामा भएको नीति नियममा हस्ताक्षर गर्ने हरुले नै शुद्धीकरणमा बिरोधो आगो फुकेर दोहोरो चरित्र निभाइरहेका छन जसले मार्ग अबरोध तुल्याएको छ । धमिलो पानीमा माछा मार्ने कार्य स्वयम् जिम्मेवार पधाधिकारी बाट नै गर्ने गरेको स्पष्ट अनुभुती गराएको छ । यो बिषयमा गम्भीर समीक्षा हुनु आवश्यक छ ।
मतदाता नामावलीको टुङो नलागी कसरी सम्भावना हुन्छ निर्बाचनको ? यस बारेमा महासङ केन्दले सदस्यता टुङ्गो नलगाए सम्म चुनाब सम्भावना हुन्न । केही जिम्मेवार ब्यक्तिहरुबाटै दोहोरो भुमिका निर्बाह गरेका कारण सदस्यता शुद्धिकरण घोषणा पश्चात् प्रायोजित हड्ताल र तालाबन्दी नहोला भन्न सकिन्न त्यसको उपाए के छ महासङ सङ्ग ? दलिय सङ्ग्ठनका निहित स्वार्थ र राजनितिको चक्रब्युह्युबाट पत्रकार महासङ्ग लाई मुक्त गर्नुपर्ने देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: