बस्नेतलाई जोगाउन पोखरामा राजिब पहारी कार्ड, शोभा पाठकसँग महेश बस्नेतको अशोभनिय उठबसले उठिबास

सराङकोट न्यूज
16 May, 2024 9:25 am
Advertisements

सराङकोट व्यूरो
पोखरा

मानिसलाई नाम कमाउन जति कठिन छ बदनामी कमाउन ख्यालख्यालमै सहज हुन्छ । ठुला ठालु भनिनेहरुलाई आकासबाट पाताल भासिन बेरै लाग्दैन । देशकै ठूलो पार्टी दाबी गर्ने नेकपा एमालेका नेताहरूमा बिबादको डुंगुर पनि ठुलै देखिन्छ । युवा बाट अधबैंसे तर्फ उक्लदै गरेका पार्टीका जिम्मेवार युवा नेताहरुमा सांस्कृतिक बिचलन आएको कारण पार्टीको प्रतिष्ठामा गम्भीर धक्का पुग्न गएको भन्दै पार्टीको आन्तरिक बृत्तमा कोकोहोलो मच्चिएको कुरो भुसको आगो झै भित्रभित्रै धुवाएको छ । कम्युनिस्ट नेताहरूले इतिहासदेखि खेप्दै आएको यौन लम्पटको आरोप पछिल्लो समयसम्म आइपुग्दा थप पेचिलो बन्न पुगेको छ ।
विद्यार्थी फाट्बाट उदाएका सुदुर पश्चिम एमालेका केन्द्रीय नेता ऐन महरको अश्लिल अडियो काण्डले बजार सेलाउन नपाउदै डन फाटबाट राजनीतिमा होमिएर छोटै समयमा चर्चित बनेका एमाले भातृ (पिल्लर) संस्था युवा संघका पुर्ब केन्द्रिय अध्यक्ष तथा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत बाहरवाली शोभा पाठकसँगको लिभिङ टुगेदर कान्डले निम्त्याएको बिपत्तिका कारण अर्ध भुमिगत भएका छन् । पत्रकारका खजना र युटुबेका मसला बन्ने गरेका बस्नेतको भुमिगत अबस्थालाई शोभा कान्डले अशोभनीय मात्र होइन उठिबास बनाइदिएको छ ।
“पुरुषले आँटे बर्ष दिन महिलाले आँटे एकैछिन” भने जस्तै ५ बर्ष लामो लिभिङ टुगेदरसँगै रमाइका रसिला दिनहरुलाई शोभाको एकै छिनको असमझदारीले बस्नेत काजिलाई पाजी बनाइदिएर मुखै देखाउन नमिल्ने अबस्थामा झारिदिएको छ । केही महिना एता उनको गुमनाम अबस्थाको मुल कारण पनि शोभा कान्ड रहेको पार्टी निकटहरु बताउदै हिड्न थालेका छ्न । सिल्टुङको भाडो जस्तै जति छिटो तात्यो उति छिटो सेलायो भने जस्तै उदाहरण बनेका छ्न महेश बस्नेत “जति छिटो चर्चामा आए उति छिटो हराए ।”

महेशका सहयोगी पोखराका राजिब पहारी

महेश बस्नेत र शोभा पाठक बिचको सम्बन्धबाट शोभाको पेटमा हुर्कदै गरेको अबैध रक्तबिजलाई तुहाएर फाल्नु महेशको निर्देशन र कोर टिमको एउटै योजना बन्दै गएको थियो “अबोर्सन“ । असुरक्षित रास लिलाको कारण पेटमा हुर्केका रक्तबिजलाई कहिले दिल्ली गुडगाउ त कहिले जनकपुर कहिले सितामणिमा लगेर शोभाको पेटको भ्रुण हत्या गरिएको र आल्हाद भएर दुई पटकसम्म विष सेवन गरि आत्महत्याको प्रयास गरेको शोभाले केन्द्रीय अनुशासन आयोगका अध्यक्षलाई लेखेको कारबाही गरि पाँउ भन्ने ब्यहोराको निबेदनमा खुलाएकिछिन ।
अबैध अबोर्शन कार्यमा ठाउँ पिच्छे फरक फरक पात्रहरुले सहयोग गरेको पाइएको छ। ती मध्य पोखरामा ल्याइ अबोर्सन गर्ने कार्यमा महेश बस्नेतका बिश्वास पात्र युवा संघका पुर्ब अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य पोखरा बैदामका राजिब पहारीले सहयोग गरेको खुलेको छ । एमाले स्वास्थ्य बिभागका केन्द्रिय सदस्य कपिल पोख्रेलको नागढुँगामा रहेको चरक मेमोरियल अस्पतालमा लगि डा. बिष्णुलाई चेकअप गराइ २०७८ सालमा शोभा पाठकको गर्भपतन गराइएको थियो ।
पोखराको चरक मेमोरियल अस्पताल महेश बस्नेत, राजिब पहारीका साथी कपिल पोखरेलको मुठ्ठीको अस्पताल रहेकोले महेशले शोभा पाठकलाई पोखरा ल्याएर अतिथि होटेलमा राखेर अबोर्सन गराएको आफुलाई पिडित दाबी गर्ने शोभा पाठकको लिखित निबेदनबाट खुल्न आएको छ । राजिब पहारीले महेश बस्नेतलाई जोगाउन अबोर्सनमा सघाए पनि महेशसँगैै उनको पनि ओरालो यात्रा सुरु भएको एमाले बृतमै चर्चा चलेको छ ।
गण्डकी प्रदेशका पुर्ब सासद राजिब पहारीले आफ्ना अग्रज नेता बस्नेत काजिलाई जोगाउन शोभा पाठक माथी अशोभनिय कार्य गरेर अन्याय मात्र गरेका छैनन उनको नेक्सस पोखराको सुर्यदर्शन सहकारी कान्डका मतियार महेन्द्र भोटे मार्फत जिबि राइ सँग पनि घाँटी जोडिएको बुझिन्छ । युवा संघको अध्यक्ष हुँदा काठमान्डौ कालिमाटीमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको विशेष साधारण सभा बोलाउन लगाइ प्रमुख अतिथी बनेका राजिब पहारीको योजनामा महेन्द्र भोटे र जिबि राइले करोडौ रुपैयाँको अपचलन गरेको बिषय कार्यकर्ताले भुलेका छैनन । उनै राजिबले महेन्द्र भोटेलाइ जिबि राईसँग चिनाएका थिए । हाल उक्त सहकारी हाल बन्द रहेको छ भने पोखराको सुर्य दर्शन तहसनहस बनेको छ। महेन्द्र भोटेका साथी राजिव पहारीले सुर्य दर्शन सहकारीबाट १५ लाख लोन खाएको तर नतिरेको प्रतिवेदनबाट खुलेको छ ।

अनुसन्धान पनि तुहाउने खेल !

शोभा पाठकले भ्रुण हत्यामा सम्लग्न महेस बस्नेत लगाएत बिरुद्द काठमाडौ प्रहरीमा दिएको जाहेरीमा काठमाडौ प्रहरी र जिल्ला सरकारी वकिलको सेटिङमा मुद्दा तामेलिमा पठाइएको थियो । हस्पिटलको रिपोर्ट, औषधी प्रयोग गराएको, युएसजी देखि अप्रेसन सम्मको रिपोर्ट सहित प्रहरिमा किटानी जाहेरी दिदा सम्म मुद्दा तामेलिमा पठाइएकोमा अन्याय महशुस गरि शोभा पाठकले उच्च अदालत पाटनमा रिट गरे लगत्तै उच्चले १५ दिन भित्र मुद्दा दर्ता नगर्नाको कारण सहित लिखित जवाफ माग गरेको छ । बैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको इजलासले जिल्ला सरकारी वकिल कार्यालाय काठमाडौ र काठमाडौ प्रहरीलाई कारण माग गरेको हो । ठूलो दलका ठुला बडा नेता मुछिएका कान्डमा प्रहरी र सरकारी वकिलले कसरी जोगाउछ भन्ने एउटा नमुना मात्र हो नेपालको न्याय कानुनको नियतिलाइ यो कान्डले छरपस्ट पार्न खोजेको छ । निति निर्माता तहमा हुने राजनीतिमा अपराधिकरणका कारण दन्डहिनताले प्रश्रय पाएको छ । उच्च अदालतको आदेश पछि मुद्दा ब्युतने सकेत मिलेको छ भने आरोपी र मतियारहरुको मुटुमा ढ्याङ्रो ठोकेको छ । सरकारको चाबी लिएर बसेको दलका नेतानै संिगन आरोपमा मुछिएका कारण अझै ढुक्क हुने अबस्था नरहेको अपराध अनुसन्धानका जानकारहरु बताउँछन् आफुलाइ निर्भिक र न्याय दिने ड्डा पिट्दै आएका गृहमन्त्री रबि लमिछानेको हुति काठमाडौ प्रहरी मार्फत देखिइसकिएको छ ।
शोभा पाठक एबोर्सन कान्डका मतियार बनेका नेकपा एमाले स्वास्थ बिभागका केन्द्रिय सदस्य समेत रहेका चरक मेमोरियल हस्पिटलका सन्चालकले महेश बस्नेत, राजिब पहारीको योजनामा गण्डकी प्रदेश सरकार ढाल्नबाट टिकाउन जनमोर्चाका सासद खिम बहादुर थापालाई कोरोना पोजेटिभको रिपोर्ट तयार गरि गोप्य क्याबिनमा थुनेर आफ्नै केन्द्रीय उपाध्यक्ष, पत्रकार र प्रशासनका मान्छेलाइ समेत भेटघाटमा प्रतिबन्ध लगाइ सरकार जोगाएका थिए । हस्पिटल सन्चालक नै राजनीतिक नेता भएका कारण सत्ताको फोहोरी खेलमा लागेर कहिले कोरोना किर्ते गर्ने त कहिले इच्छा बिपरित अबोर्सन गराउने काम हुने गरेका कारण बिबादित बन्ने गरेका छन ।
शोभा पाठक र महेश बस्नेत रासलिला काण्ड झन पछि झन पेचिलो बन्दै गएको छ । सत्ताको शक्ति दुरुपयोग गरेर अनुसन्धान नै तुहाउने बस्नेत काजिको योजना रहेको कुरा प्रहरी र सरकारी वकिलको मुद्दा तामेलिमा पठाउने कार्यबाट सहजै बुझ्न सकिन्छ । सहबास सहमतिले भएपनी भ्रुण हत्या गर्ने कार्यमा शोभाको सहमतिले भन्दा बस्नेत काजिको दम्भ र षडयन्त्रले काम गरेको देखिन्छ शोभाको उजुरीले पनि महेशको असोभनिय हर्कत भएको खुल्न आएको छ। न्याय पाउनेकी नपाउने अदालतको भरमा परेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: