अख्तियार पोखरा भ्रस्टाचार न्यूनीकरणमा सरोकारवाला भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना

सराङकोट न्यूज
31 May, 2024 9:13 am
Advertisements

अख्तियार कार्यालय पोखराले सरोकारवाला हरुलाइ राखेर एक दिने अन्तरक्रिया आतोजन गरेको छ । जेष्ठ १४ गते सोमबार अख्तियार कार्यालयले आफ्नो हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख आशमान तामाङ्ले बर्तमान अबस्थामा भैरहेका भ्रस्टाचारजन्य कार्यको प्रवृत्ति र न्यूनीकरणका बारेमा प्रष्ट पारेका थिए । प्रमुख तामाङले पोखरा कार्यालयको क्षेत्राधिकार भित्र भइरहेका प्रतिनिधि मुलक भ्रष्टाचार उल्लंघनका घटनाका बारेमा प्रसुतिकरण गरेका थिए ।
पोखराका प्रमुख आशमान तामाङको प्रस्तुति अनुसार पोखराको महत्वपूर्ण र मुल्यवान सार्बजनिक जग्गाहरु ब्यक्ती र निजि संघ सस्थाहरुले हजारौं जग्गा अतिक्रमण गरेको , दुषित दर्ता गरेकी , पोखरा बिश्वबिद्धालयले नीति नियम बिपरित भवन निर्माण गरेको ,पोखरा महानगरले रामघाटको बालुवा टेन्डर गर्न नसकेको , होम स्टेका नाममा ३ अर्ब भन्दा बडी रकम बाडिएको ,कृषि अनुदानमा अनियमितताभएको , बेरित पुर्बक १२ तले भवन निर्माण भैरहेको , ३ करोड् भन्दा बडि संघ सरकारको बजेट खर्च गरि खोल्छाको डिलमा सामुदायिक भवन बनाइ अलपत्र पारिएको प्रस्ट्याएका थिए ।
अन्तरक्रिया कार्यक्रममा नागरिक समाज पोखराका अध्यक्ष राम बहादुर पौडेल , पुर्ब अध्यक्ष बिश्णुहरि अधिकारी , जिल्ला बन अधिकृत कोमलराज काफ्ले , पत्रकार हरि बास्तोला ,यदुनाथ बन्जारा , बिमला भन्डारी ,अधिबक्ता दुर्गा भन्डारी , जिल्ला समन्वय अधिकृत नवराज बराल र कास्किका सहाएक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले कास्की जिल्ला प्रशासन सङ्ग सम्बन्धित बिषयमा प्रस्ट पारेका थिए । लगाएतका सहभागीहरुले सुझाव तथा जिज्ञासा राखेका थिए । सहभागीहरुबाट उठेका सवालहरुमा अख्तियार पोखरा कार्यालय प्रमुख आशमान तामाङले सम्बोधन गरेका थिए । अन्तरक्रिया कार्यक्रमको सन्चालन आयोगको पोखरा कार्यालयका सुचना अधिकारी जगदीश चन्द्र सिवाकोटीके गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: