साता गतिविधि (२०८१जेस्ट ८-१४ )

सराङकोट न्यूज
1 June, 2024 10:44 am
Advertisements

८ जेष्ठ -नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् ।
८ जेष्ठ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता बिबादमा पक्राउ ।
८ जेष्ठ -विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।२ बर्ष कैद २५ करोड ४७ लाख बिगो भराउने आदेश ।
८ गते – पोखरा महानगरपालिका–३० मा रहेको चक्रदेवी सहकारीमा प्रवेश गरी केही व्यक्तिले तोडफोड तथा कर्मचारीलाई हातपात गरेका आरोपमा ९ जना पक्राउ ।
८ गते -गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई झाँक्रीको चुनौती
९ गते -आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्वीकृत भएको छ।
९ गते-कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोप्रति सञ्चारमाध्यमका सम्पादकहरूले आपत्ति जनाएका छन्।
९ गते – नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणविरुद्धमा सडक आन्दोलन गर्ने निर्णय गरेको छ।
९ गते -सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध परेको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको छ।
९ गते- नक्कली विवरणका आधारमा लाइसेन्स दिएको आरोपमा पक्राउ परेका तीन कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
१० जेस्ठ -भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् ।
१० जेस्ठ -हिट-स्ट्रोक भएपछि अस्पतालमा उपचार गराउँदै भारतिय अभिनेता शाहरुख खान ।
११ गते -नागरिकता किर्ते समबन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
११ गते -जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ ।
११ गते -नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन् ।
१३ गते -राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
१३गते -सशस्त्र प्रहरी बल नेपालले चीनको सीमा गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।
१४ गते -सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।
१४ गते -सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: