अमरदीप सामुदायिक बिकास समाजको सेवा सुरु

सराङकोट न्यूज
1 June, 2024 10:30 pm
Advertisements

पोखरा १६ अमरदीपमा २०४७ सालमा स्थापित अमरदीप सामुदायिक बिकास समाज भवनबाट बिबिध सामाजिक गतिबिधी सुरु गरिएको छ । स्थापना भएको लामो समय पछि सामाजिक सेवा कार्य सुरु भएकोमा स्थानियले खुसी ब्यक्त गरेका छन ।


समाजले जेष्ठ १७ गते एक औपचारिक कार्यक्रमको आयोजना गरि नियमित सेवा सुचारु हुने घोषणा गरिएको थियो ।पोखरा १६ नम्बर वडाका अध्यक्ष अमृत शर्मा तिमल्सिनाले आफ्नो वाडाका युवाहरुको पहलमा सामुदायिक भवनमा सामाजिक गतिविधिहरुको सुरुवात् भएकोमा खुसी व्यक्त गर्दै वडा कार्यालयको तर्फबाट हुने सहयोगमा कुनै कमि नआउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
पुर्बमन्त्री कुमार खड्काको सहयोगमा भएको सामुदायिक भवन निर्माणले पुर्णता पाएपछि भवनको उपयोगितामा जोड दिइएको समाजका सचिब सन्दिप थापाले बताए । समाजका अध्यक्ष नवराज थापाले जेष्ठ नागरिक दिवा सेवा केन्द्र सन्चालनमा प्राथमिकता दिइने बताएका थिए । जेष्ठ नागरिकको नियमित थेरापी सेवा , साप्ताहिक रुपमा स्वास्थ्य परिक्षण गरिनुका साथै हरेक दिन बिहान योग कार्यक्रम आयोजना गरिने भएको छ ।हलमा इन्डोर गेम खेलाएर समाज भवनको अधिकतम प्रयोग गरिने र त्यसमा बिभिन्न तहबाट स्वतस्फूर्त सहयोग जुटिरहेको बताइएको छ ।
जेष्ठ नागरिक दिवा सेवाको लागि पुर्ब मन्त्री कुमार खड्काले एक बर्ष सम्म चिया खाजाको खर्च उपलब्ध गराउने , बताएका छन । इन्डोर गेमका लागि समाजका सल्लाहकार इन्जिनियर महेन्द्र बानियाले खेल सामग्री उपलब्ध गराएकछन ।
कार्यक्रममा दीप युनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्य ,समाजका सल्लाहकार नव आदर्श सामुदायिक बिकास सस्थाका अध्यक्ष स्वागत सिह भण्डारी , अमरदीप आमा समुहकी अध्यक्ष चन्द्र सुभा गुरुङ , महिला जागरण सस्थाका अध्यक्ष बिन्दु थापाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने योग गुरु गङ्गालाल पोखरेलले योगको आधारभुत सिक्षाको बारेमा बताएका थिए । नवराज थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन समाजका सचिब सन्दिप थापाले र स्वागत मन्तब्य उपाध्यक्ष धर्मराज थापाले गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: