स्म्पादकिय -अस्थिर राजनिती , निरास जनता

सराङकोट न्यूज
6 June, 2024 9:23 am
Advertisements

नेपालले विभिन्न रेकर्ड राख्ने क्रम जारी छ । संघीय सरकारले ४ पटक बिस्वासको मत लिईसकेका छन । डेड बर्षको बीचमा ४ पटक बिस्वासको मत लिनु पर्ने अवस्था आउनुलाइ राजनितीक अस्थिरताको ध्योतक मानिन्छ । आफुले बिस्वास गरेकाहरु टुक्रिएर छोड्दै जानू र बिस्वासको सकट थपिनुले अस्थिरतालाइ प्रश्रय दिएको बुझ्न थालिएको छ ।
संघीयता कार्यान्वयन पछि नेपालको राजनीति झन अस्थिर बन्न पुगेको छ । सत्ता राजनितीको जोड घटाउ र गुणा भागको खेलका कारण देश र जनताको समस्या ओझेल परेको छ । ब्यक्तिगत स्वार्थका डम्फुहरु चर्को चर्को स्वरमा बज्न थालेका छन । जनताक समस्य पहिचान हुनु भन्दा दलको घैटो भर्ने राज्यका ठेकेदारहरु मद मस्त भएको महसुस गराएको छ ।
खासगरी प्रदेश सरकार सबै भन्दा बडि आलोचक बन्न पुगेको छ । प्रदेश सरकार गठन र विघटनमा देखिएको अंकगणितको खेलले त्यसलाई सकेत गरेको छ । लोकतान्त्रिक आन्दोलनका योद्धा दलहरु अहिले असफल बन्न पुगेकाछ्न ।भर्खर पलाएका साना तिना दलहरुले ठुला र पुराना दलहरुलाइ अस्फल बनाइदिएका छ्न । साना टुक्रे दलहरुको हलिमुहालि यसको नमुना हो । एक दुई सिट भएकाको हातमा सत्ता परिवर्तनको बागडोर रहेको देखिन्छ । जनताले जिताएर पठाएका प्रमुख ठुला दलहरु छाया परेका छन त्यसो हुनुमा ठुला भनिने दलका असफलता हो ।
गन्डकी प्रदेशमा यति खेर दिनगन्तिका सरकार बन्दै फेरिदै गरेका छ्न । कानुन कार्यान्वयनमा प्रतक्ष चुनौती दिइएको देखिन्छ ।सभामुखले गरेको निर्णय स्वतन्त्र नभएको दलको प्रबक्ता भएको सर्बत्र आलोचना भैरहेको छ । गण्डकी प्रदेशमा बितेका ७ बर्षमा कति पटक सरकार परिवर्तन भयो भन्ने बिषयमा रेकर्ड तोडिने अबस्थामा छ ।यसले राम्रो सन्देश दिएको छैन ।
जुन देशमा सरकार स्थायी हुदैन त्यो देशले बिकाश निर्माणले गति लिन सक्दैन । देशको बजेट दलगत राजनीतिका पात्रहरुले गर्ने तामझामम गर्दैमा सकिने अबस्थामा रहेको छ । नेपालको राजनितीक अस्थिरताले आम नागरिकमा व्यापक असन्तुष्ट बनाएको छ । झन्डा हल्लाउँदै हिड्ने र आफ्ना कार्यकर्तालाई पालन पोषन गर्ने महारोग बन्न पुगेको छ। अब जनताको असन्तुष्टिलाई शान्त पार्ने हो भने जनभावना बुझेर मात्र लोककल्याणकारी राज्य ब्यबस्था र बिधिको शासन चलाउन अघि बड्नु आवश्यक देखिन्छ ।त्यसो हुन सकेन भने लोकतन्त्र र प्रदेश सरचना घाँडो तन्त्र बन्न जाने प्रवल सम्भावना छ । जनतामा ब्याप्त निरासा बिद्रोहमा रुपान्तरण भयो भने त्यो घातक र राज्यले धान्न नसक्ने हुन सक्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: