ढुङ्गा बालुवा जोगाउन कास्की प्रहरी सकृय

सराङकोट न्यूज
15 June, 2024 12:17 pm
Advertisements

कास्किमा ढुङा बालुवा जस्ता नदिजन्य पदार्थको कारोबार मा कास्की प्रहरीले कडाइ गरेको छ । नदिका स्रोतहरुलाइ सेतो सुनको रुपमा लिइन्छ । नकिनिकन पाइने तर महँगोमा बिक्रि हुने बस्तुको रुपमा खोलाका ढुङ्गा गिट्टी बालुवा र सिलेट कटिङ ढुङ्गाको उत्खननमा विभिन्न ब्यक्तिहरुको सम्लग्नता पाइएको भन्दै कास्की प्रहरीले निगरानी बढाएको छ ।
जेष्ठ २५ गते पोखरा १६ दीप सुन्दरफीडबाट बा४ ख ३०९५ नम्बरको ट्रकमा कटिङ्ग पिस ढुङ्गा लोड गरि पोखरा तर्फ लैजादै गर्दा बगर प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गर्दा स्रोत खुल्ने कागज पत्र र बिल भरपाइ फेला नपरेपछी थप कार्बाहिको लागि पोखरा महानगरपालिका कार्यालायमा चलान गरिएको भन्दै कास्की प्रहरीका सुचना अधिकारीले प्रेस बिज्ञप्ति जारी गरेका छन ।
यस्तै जेस्ट २२ गते सार्दिखोला प्रहरी पोस्टले ठाटिमा चेक जाँच गर्दा ग ३ च ४१६३ नम्बरको बोलेरो जीपमा प्रयोजन खुल्ने कागजपत्र नभएको कटिङ ढुङ्गा पक्राउ गरेको थियो । उक्त समान सहितको जीप थप अनुसन्धानको लागि एक्याप हेड क्वाटर हरियोकर्कमा पठाइएको छ । त्यसै दिन पोखरा १६ सुन्दर फीड चोक दीपमा बगर प्रहरीले ग १ ख ९१६१ को मिनि ट्रकलाइ चेकजाच गर्दा बिल भर्पाइ नभएको नदिजन्य सामग्री ढुङ्गा फेला पारेको थियो । उक्त ट्रकलाइ थप कारबाहिको लागी पोखरा महानगरपालिकामा पठाइएको कास्की प्रहरीले बताएको छ ।
यस्तै जेष्ठ १४ गते कास्की प्रहरीले एक्याप क्षेत्र भित्रबाट पोखरा तर्फ ल्याउदै गरेको नदिजन्य सामग्री बोकेको ३ वटा ट्रक चेकजाँच गर्दा कागजपत्र नभएको पाइएपछि नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि एक्यापमा बुझाएको थियो । पक्राउ परेका ग१क ५०४०, ५५१२ र ५५९८ नम्बरका ३ वटा ट्रकका धनी फेउसरा क्रसर उध्योगका सनचालक इमान सिङ बि कले क्रसरको बिल र खानी बिभागको दर्ता कागजका आधारमा ४ दिन पछि छुटाइएको थियो तर एक्यापको प्रतिबन्धित क्षेत्रमा क्रसर कसरी खुल्न अनुमती दिइयो भन्ने बिषयमा थप छानबिन हुनुपर्ने माग उठेको छ ।
एस्तै जेष्ठ १२ गते चुरुङ्गाबाट प्रहरीले ग १ क १५१४ नम्बरको ट्रीपर बालुवा सहित पोखरा १८ लामाचौरबाट पक्राउ परेको थोयो । एक्याप क्षेत्रबाट बालुवा ल्याएको भनी कास्की प्रहरीले उक्त ट्रकलाइ थप अनुसन्धानको लागि एक्याप कार्यालय हरियो खर्क बुझाइएको छ । गाडी धनी श्याम ताम्राकारले उक्त माल एक्याप क्षेत्रबाट ल्याएको नभै पोखरा १९ को खहरे भन्ने ठाउमा रहेको बिरेन्द्र केसि नामका ब्यक्तिको पुरानो स्टकको बालुवा भाडामा ढुवानी मात्रै गरिदिएको बताएका थिए ।वडा नम्बर १९ कार्यालयले समेत उक्त समान पुरानो स्टक रहेको पुष्टि गरेका छन । यद्यपि उक्त ट्रीपर एक्याप कार्यालय भित्र अनुसन्धानकै क्रममा रहेको छ । गाडी धनी श्याम ताम्राकारले तथ्यपुर्ण छानबिन गरि न्याय दिन राज्यका नियामक निकाय सङ्ग आग्रह गरेका छन ।
एस्तै जेष्ठ ७ गते पोखरा १४ बाछेबुढुवा बाट बालुवा लोड गर्दागर्दैका ४ वटा ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती ट्याक्टरहरु थप कार्बाहिको लागि पोखरा महानगरपालिकामा पठाइएको थियो । जेष्ठ ६ गते पोखरा १४ चाउथे र्पोखरा १ बगर जौबारीबाय अबैध धुवानिको दुइवटा ट्याक्टर र तीन वटा ट्रक नियन्त्रणमा लिएको थियो ।
कास्की प्रहरीले पछिल्लो समयमा प्राकृतिक स्रोत सामाग्री चोरी निकासी पैठारी नियन्त्रण गर्न तदारुकता दिएको छ । त्यस्ता सामग्री ढुवानी गर्दा कानुन बमोजिमका कागजपत्र साथमै नराख्नेलाई पक्राउ गरि कतिपय पोखरा महानगर र कतिपय एक्याप कार्यालय पठाएको छ । अझै पनि नदिजन्य स्रोतको अबैध तस्करी भैरहेको र प्रहरी र पालिकाको थप सक्रियताको आवश्यकता रहेको अपेक्षा गरिएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: